काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले हालै भारतसँग भएको विद्युत खरिद सम्झौताले नेपाललाई १ अर्ब २० करोड रूपैयाँ फाईदा पुगेको बताए । राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा उनले यस्ताे बताएका हुन् ।
उनले याे सम्झाैतामा कुनै किसिमको अनियमितता नभएको पनि प्रष्ट पारे ।








