Monday, June 15, 2026
spot_img

बैतडीमा विद्युतीकरण तीव्र, ७ हजारभन्दा बढी घरधुरीमा पहिलो पटक उज्यालो

spot_img

Share

spot_img

काठमाडाैँ । बिजुली पहुँच नभएका पाँच स्थानीय तहका करिब सात हजार घरधुरीमा पहिलो पटक विद्युत्काे पहुँच पुगेकाे छ । बैतडीका १९ वडामा बिजुली बलेपछि बैतडीमा विद्युत् उपयोग गर्न सक्षम घरपरिवारको संख्या २७ हजार ९१ पुगेको छ ।

विद्युत् वितरण केन्द्रका अनुसार अघिल्लो आर्थिक वर्षको योजनाअनुसार पञ्चेश्वर, शिवनाथ, डिलासैनी, दोगडाकेदार, सूर्नया र सिगास गाउँपालिकाका चयनित वडाहरूमा विद्युतीकरण कार्य सम्पन्न गरिएको छ । ६ हजार ७८७ घरधुरीमा प्रत्यक्ष रूपमा बत्ती बलेकाे छ । पूर्ण विद्युतीकरणका लक्ष्यअनुसार सक्रिय रूपमा काम गरिरहेकाले स्थानीयवासी खुसी भएकाे केन्द्रले जनाएकाे छ ।

जिल्लामा हाल कुल ४९ हजार ४२८ घरधुरीमध्ये अझै करिब २२ हजारमा विद्युत् पुर्‍याउनु बाँकी छ । ती क्षेत्रलाई उज्यालो बनाउने लक्ष्यसहित सिगासको बिन्द्रावन र दोगडाकेदारको सिल्लेगाडामा ३३ केभी सबस्टेशनको निर्माण अन्तिम चरणमा पुगेको विद्युत् वितरण केन्द्रले जनाएकाे छ । अर्को एक वर्षमै बैतडी पूर्ण रुपमा विद्युतीकरण गर्ने लक्ष्य छ ।

बैतडीमा पहिलोपटक २०४२ सालमा भारतबाट ११ केभी लाइनमार्फत सदरमुकाममा बिजुली पुगेको थियो। त्यसपछि पाटनमा सूर्नयागाड साना जलविद्युत् (२०४७) र ३३ केभी राष्ट्रिय प्रसारणलाइन (२०५६) जोडिएको इतिहास रहेको छ।

हाल चमेलिया नदीमा रहेका माथिल्लो चमेलियासहितका जलविद्युत् आयोजनाबाट ९६.५ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । साथै बझाङको कालङ्गा नदीको ५३.७९ मेघावाट विद्युत् चमेलिया ग्रिडमा जोडिएपछि बैतडी र आसपासका क्षेत्रमा झण्डै १५० मेगावाट ऊर्जा उपलब्ध रहेको छ।

तल्लोस्वराड, च्वाँगढ, सिगास र पुर्चौडी नगरपालिकाका धेरै बस्ती अझै बत्तीबाट वञ्चित रहेकाले स्थानीय तहसँग सहकार्यमा विस्तार अभियानलाई तीव्र बनाइएको छ । उपभोक्ता समितिमार्फतका अघिल्ला प्रयासहरू गुणस्तरीय नभएपछि, अब वितरण केन्द्र नै अगाडि आएर निर्माण कार्य अघि बढाइरहेको छ । पञ्चेश्वर गाउँपालिकामा ठेकेदार भागेपछि स्थगित काम पनि वितरण केन्द्रको नेतृत्वमा चार वडामा पूरा गरिएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img