Monday, March 9, 2026
spot_img

कोहलपुर–सुर्खेत लाइन अन्तिम चरणमा, लो-भोल्टेज समस्या अन्त्य हुने

spot_img

Share

spot_img

काठमाडाैँ । बहुप्रतिक्षित कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारण लाइन निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । हर्रे क्षेत्रमा करिब १६ सय मिटर दूरीमा ड्रोनको सहायताले तार तान्ने काम सुरु गर्न तयारी थालिएसँगै परियोजनाले समापनतर्फ तीव्रता पाएको हो ।

यो प्रसारण लाइनमार्फत २०४५ सालमा वीरेन्द्रनगर ल्याइएको ३३ केभी लाइन विस्थापन हुनेछ । यससँगै सुर्खेतसहित आसपासका जिल्लाले लामो समयदेखि झेल्दै आएको लो–भोल्टेज समस्या समाधान हुने अपेक्षा लिइएको छ ।

परियोजनाअनुसार १३२ केभी प्रसारण लाइनको औपचारिक उद्घाटन आगामी माघ १ गते गर्ने तयारी गरिएको छ। प्रसारण लाइन सञ्चालनमा आएपछि स्थिर र गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित भई औद्योगिक तथा घरेलु उपभोक्ताले प्रत्यक्ष लाभ पाउने छन् ।

स्थानीय बासिन्दाले पनि परियोजना पूरा हुन लागेकोमा खुशी व्यक्त गर्दै विद्युत व्यवस्थामा स्थायित्व आउने विश्वास व्यक्त गरेका छन् ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img