Thursday, April 9, 2026
spot_img

ऊर्जा क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरू सम्मानित

spot_img

Share

spot_img

काठमाडाैँ । ऊर्जा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई इनर्जी नेपाल मिडिया हाउसको दोस्रो वार्षिकोत्सवको अवसरमा सम्मान गरिएको छ । उनीहरूलाई पूर्व मन्त्री कुलमान घिसिङ तथा इनर्जी नेपाल मिडिया हाउसका अध्यक्ष विकास थापाले सम्मानपत्र प्रदान गर्दै सम्मान गरेका हुन् ।

सम्मानित हुनेहरूमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीपकुमार देव, एनएमबी बैंकका दिनेश दुलाल, जलविद्युत तथा ऊर्जाका राष्ट्रिय अभियन्ता कृष्णप्रसाद भण्डारी, ऊर्जा उद्यमी शैलेन्द्र गुरागाईं, मोहन विक्रम कार्की, बटु लामिछाने, अभिज्ञा मल्ल, आत्माराम घिमिरे, अनुप आचार्य, भरतप्रसाद पराजुली, पुष्पज्योति ढृंगाना, भानेन्द्रकुमार लिम्बु, काजी लामा, चन्द्रमणी बास्कोटा, मृगेन्द्रबहादुर श्रेष्ठ तथा पत्रकार सुनिता कार्की रहेका छन् ।

इनर्जी नेपाल मिडिया हाउसले ऊर्जा उत्पादन, नीति निर्माण, वित्त, उद्यमशीलता, अनुसन्धान तथा पत्रकारितामार्फत ऊर्जा क्षेत्रको विकासमा पुर्‍याएको योगदानको कदर गर्दै उनीहरूलाई सम्मान गरिएको अध्यक्ष थापाले बताए ।

कार्यक्रममा वक्ताहरूले नेपालको ऊर्जा क्षेत्रको दिगो विकासका लागि नीति, लगानी, निजी क्षेत्रको सहभागिता र तथ्यपरक पत्रकारिताको भूमिकालाई अझ सशक्त बनाउँदै लैजानुपर्ने आवश्यकता औंल्याएका थिए ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img