Saturday, September 21, 2024
spot_img

ताप्लेजुङकाे तमोर नदीबाट १६५४ मेगावाट विद्युत उत्पादनकाे चरणमा

spot_img

Share

spot_img

ताप्लेजुङ जिल्लाको मूख्य नदी तमोरमा १६ वटा जलविद्युत् आयोजना निर्माणका विभिन्न चरणमा छन् । विद्युत् उत्पादनको हब बन्दै भएको जिल्लामा तमाेर नदीमा मात्रै १६५४ मेगावाट विद्युत् उत्पादनको विभिन्न चरणमा पुगेको हो ।

विद्युत् विकास विभागका अनुसार तमोर नदीमा निर्माण हुने आयोजना १६ मध्ये १४ वटा फक्ताङलुङ गाउँपालिकामा निर्माणाधीन छन् । मिक्वाखोला गाउँपालिका हुँदै बग्ने मेवाखोलाबाट ४ जलविद्युत् आयोजना निर्माणाधीन छन् । मेवाखोलामा निर्माण भइरहेका आयोजनाबाट १७८.४२ मेगावाट विद्युत् उत्पादन हुने छ । काबेली खोलामा ४ वटा आयोजना निर्माण भइरहेका छन् । ती आयोजनाबाट ९५.४३ मेगावाट बिजुली उत्पादन हुनेछ ।

यसैगरी, पालुङखोलामा निर्माणाधीन दुई आयोजनाबाट ५१ मेगावाट विद्युत् उत्पादन हुने छ । सोना खोलामा हिमाली हाइड्रो पावरले ९ मेगावाट बिजुली उत्पादनका निम्ति प्रारम्भिक चरणका काम पूरा गरेको छ । सिदिङवा गाउँपालिका–१ इवा खोलामा तीनजुरे हाइड्रो पावरले ४.६ मेगावाट क्षमताको आयोजनालाई द्रुत गतिमा अघि बढाएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img