Thursday, April 30, 2026
spot_img

ग्यासको विकल्प इन्डक्सनः स्वदेशी विद्युत् प्रयोग बढाउने अवसर

spot_img

Share

spot_img

नेपाली बजारमा खाना पकाउने एलपी ग्यासको अभाव चर्किएपछि विद्युतीय चुलोको बजार र माग बढ्दै गएको छ । उपभोक्ताले सहज रूपमा सिलिण्डर पाएका छैनन् । कतिपय स्थानमा सीमित आपूर्ति र कालोबजारीको चर्चा पनि व्यापक छ ।

मध्यपूर्वमा बढ्दै गएको तनाव–विशेषगरी इरान, इजरायल र अमेरिकाबीचको टकरावले विश्वव्यापी ऊर्जा आपूर्ति श्रृङ्खलामा अस्थिरता बढाइरहेको छ । जसका कारण नेपाली घरधुरीको भान्सामा अत्याश्यक मानिने एलपी ग्यासको आपूर्ति अनिश्चित हुन थालेको छ ।

नेपालमा अधिकांश घरधुरी खाना पकाउने एलपी ग्यासमा निर्भर छन् । अहिले ग्यास अभावको समस्या बढ्दै जादाँ ऊर्जा सुरक्षाबारे नयाँ बहस सुरु भएको छ । यही अवस्थाले दीर्घकालीन रूपमा वैकल्पिक ऊर्जातर्फ जानुपर्ने आवश्यकता झन स्पष्ट बनाएको छ ।

यस्तो परिस्थितीलाई नेपालले चुनौतीको रूपमा मात्रै नभई एउटा महत्वपूर्ण अवसरको रूपमा लिनुपर्छ । आयातित ग्यासमाथिको निर्भरता घटाउन र देशमै उत्पादन भएको विद्युत्को खपत बढाउने यो महत्वपूर्ण अवसर हो ।

देशभित्र जलविद्युत्, सौर्य, वायु लगायतका स्रोतबाट उत्पादन भएको विद्युत्को महत्व जनतालाई बुझाउने उपयुक्त समय भएकाे छ । याे परिस्थिती नेपालमा उत्पादन हुने स्वच्छ ऊर्जा केवल उद्योग र निर्यातका लागि मात्र नभई घरायसी जीवनमा पनि व्यापक रूपमा प्रयोग हुन सक्ने स्रोत हो भन्ने सन्देश आम नागरिकलाई बुझाउनुपर्ने समय हो ।

घरयासी भान्सामा मात्र नभई विद्युतीय सवारी प्रवर्द्धन गर्ने तथा विद्युत् खपत बढाउने सम्भावित क्षेत्रको पहिचान गरी प्रचारप्रसार गर्ने, प्रवर्द्धन गर्नका लागि अहिलेको परिस्थिति एदकमै अनुकुल रहेकाे छ । अबको नयाँ सरकार र राजनीतिक दलको योजना, निर्माण हुने नीति तथा कानूनहरू यसतर्फ केन्द्रित हुनुपर्छ ।

नेपाल जलविद्युत् उत्पादनको ठूलो सम्भावना भएको मुलुक हो । अहिलेसम्म नेपालको विद्युत् जडित क्षमता करिब ४ हजार मेगावाट रहेको छ । नेपालले विद्युत् खपत कम हुँदा उत्पादन भएको विद्युत् निर्यात गर्नुपर्ने अवस्था रहेको छ ।

घरयासी खाना पकाउने काममा समेत विद्युत्को प्रयोग बढाउन सकेमा आन्तरिक बजार विस्तार हुने र ऊर्जा सुरक्षा समेत मजबुत बन्ने छ । घरेलु ऊर्जाको प्रयोग बढाउन सकिएमा नेपालले आयातित इन्धनमा हुने ठूलो विदेशी मुद्रा खर्च घटाउन सक्ने र दीर्घकालीन रूपमा ऊर्जा आत्मनिर्भरता हासिल गर्नेछ ।

बढ्यो विद्युतीय चुलोको व्यापार

उपभोक्ताहरू ग्यास नपाएपछि विद्युतीय चुलोको बारेमा सोधखोज गर्न थालेका छन् । सरकारी निकाय अन्तर्गतका व्यापार कार्यालय लगायत खुद्रा तथा होलसेल पसलमा विद्युतीय चुलोको बारेमा सोधखोज गर्ने र खरिद गर्ने क्रम बढिरहेको छ ।

काठमाडौँको बौद्धमा बिजुली उपकरण सम्बन्धी पसल गरिरहेका कल्यान श्रेष्ठकाे व्यापार व्यवसाय बढिरहेकाे छ । उनका अनुसार ग्यासको अभाव देखिन थालेपछि चुलाे, जग, राइसकुकुरकाे बारेमा सोधखोज गर्न आउनेकाे क्रम बढेकाे छ ।

विशेषगरी, कलेज बढ्ने विद्यार्थीहरूबीच विद्युतीय चुलोको सोधखोज बढेको व्यावसायीहरू बताउँछन् । एउटा कोठा भाडामा लिएर बस्ने अधिकांश विद्यार्थीहरूसँग प्रायः एउटा मात्र सिलिण्डर हुने गर्छ । ग्यास सकिएपछि तुरुन्तै अर्को सिलिण्डर पाउन कठिन हुने र बजारमा अभाव देखिने अवस्थाले उनीहरूलाई वैकल्पिक उपाय खोज्न बाध्य बनाएको छ ।

त्यसैले पनि पछिल्ला दिनमा विद्युतीय चुलो, इलेक्ट्रिक जग, राइसकुकर जस्ता साना विद्युतीय उपकरणको प्रयोग बारेमा सोधपुछ र खरिद बिक्री बढ्न थालेको व्यवसायीहरूको भनाई छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा अवधिमा १ लाख ३२ हजार थान इन्डक्सन चुलो आयात भएको छ । गत वर्ष सोही अवधिमा १ लाख ११ हजार ६ सय थान विद्युतीय चुलो आयात भएको विभागको तथ्यांक छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img