Wednesday, May 6, 2026
spot_img

टक्सार पिखुवाकाे २५ लाख १५ हजार ४५५ कित्ता शेयर आवेदन खुला

spot_img

Share

spot_img

काठमाडाैँ । टक्सार पिखुवा खोला हाईड्रो पावर लिमिटेडले सर्वसाधारणका लागि शेयर बिक्री आवेदन आजदेखि खुलाएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गरी बाँडफाँड गरेपश्चात आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले सर्वसाधारणका लागि २५ लाख १५ हजार ४५५ कित्ता साधारण शेयर निष्काशन गरेको छ ।

कम्पनीले ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ बराबरकाे ४२ लाख ३० हजार ६६८ कित्ता साधारण शेयर निष्काशन अनुमति पाएकाे थियाे । जसमध्ये १२ करोड रुपैयाँको १२ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरू (भोजपुर जिल्लाको बासिन्दा) को लागि निष्काशन गरी बाँडफाँड गरिसकेकाे छ ।

यसैगरी, ३ करोड ३ लाख ६ हजार ७ सय रुपैयाँबराबरको ३ लाख ३ हजार ६७ कित्ता शेयर नेपाल सरकारको सम्बधित निकायबाट श्रम स्वीकृत प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरूका लागि, १ करोड ५१ लाख ५३ हजार ३०० रुपैयाँ बराबरको १ लाख ५१ हजार ५३३ कित्ता शेयर सामूहिक लगानी कोषका योजनाको निष्काशन गरेको थियो ।

बाँकी भएकाे सेयर सर्वसाधारणका लागि निष्कासन गरेकाे कम्पनीले जानकारी दिएकाे छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।  

यो आईपीओमा छिटोमा वैशाख २८ गते र ढिलोमा जेठ ६ गतेसम्म आवेदन दिन सकिनेछ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img