Thursday, October 1, 2026
spot_img

डा. जगदीश्वर कर्माचार्य नियुक्त भए ऊर्जा सचिवमा

spot_img

Share

spot_img

काठमाडाैँ । सरकारले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिवमा डा. जगदीश्वर कर्माचार्यलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल इन्जिनियरिङ सेवातर्फका वरिष्ठ सहसचिव कर्माचार्यलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिवमा बढुवा गरेकाे हाे ।

उनी यसअघि मन्त्रालयमा निमित्त सचिवका रूपमा जिम्मेवारी सम्हाल्दै आएका थिए । सचिवमा बढुवा भएपछि उनलाई सोही मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको हो ।

यसअघि ऊर्जा सचिव सरिता दवाडीलाई नेपाल ट्रस्टको कार्यालयमा सरुवा गरेपछि कर्मचार्यलाइ पदस्थापन गर्ने निर्णय गरेको हो । ऊर्जा मन्त्रालयको सचिवको जिम्मेवारी सम्हालेसँगै कर्माचार्यले मन्त्रालयअन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रका नीति, योजना तथा कार्यक्रम कार्यान्वयनको प्रशासनिक नेतृत्व गर्नेछन् ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img