Tuesday, September 29, 2026
spot_img

लिट्मस इन्डस्ट्रिजले आयोजना गर्यो पहिलो ‘पावर पार्टनर्स मिट’

spot_img

Share

spot_img

काठमाडाैँ । लिट्मस इन्डस्ट्रिज लिमिटेडले नेपालको ऊर्जा क्षेत्रका विभिन्न सरोकारवालालाई एकै ठाउँमा ल्याउँदै काठमाडौंमा पहिलोपटक ‘लिट्मस पावर पार्टनर्स मिट २०२६’ आयोजना गरेको छ। ‘साथ, सम्बन्ध र विश्वास’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा जलविद्युत्, सौर्य ऊर्जा, इन्जिनियरिङ, खरिद तथा निर्माण (ईपीसी) र परामर्श क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपालको ऊर्जा क्षेत्रका पछिल्ला विकासक्रम, चुनौती तथा उदीयमान अवसरबारे छलफल गरिएको थियो । सहभागीहरूले ऊर्जा पूर्वाधार निर्माणमा सहकार्य, प्रविधिको विकास, उत्पादनको गुणस्तर तथा भरपर्दो र दिगो ऊर्जा पूर्वाधार निर्माणको आवश्यकताबारे धारणा आदानप्रदान गरेका थिए ।

कार्यक्रममा स्थापित तथा नयाँ जलविद्युत् कम्पनी, सौर्य ऊर्जा विकासकर्ता, ईपीसी कम्पनी, परामर्शदाता तथा उद्योगसँग सम्बन्धित संस्थाका प्रतिनिधिहरू सहभागी थिए । इप्पानलगायत ऊर्जा क्षेत्रसँग सम्बन्धित संस्थाका प्रतिनिधिहरूको पनि सहभागिता रहेको कम्पनीले जनाएको छ ।

नेपालको नवीकरणीय ऊर्जा क्षेत्रको बदलिँदो आवश्यकता तथा प्रसारण र वितरण पूर्वाधारलाई थप सुदृढ बनाउन गुणस्तरीय उत्पादन र प्रविधिको भूमिकाबारे समेत कार्यक्रममा छलफल भएको थियो । सहभागीहरूले आयोजना विकासदेखि प्राविधिक कार्यान्वयन, नवीनता तथा ऊर्जा क्षेत्रको सम्पूर्ण मूल्य शृंखलामा बलियो सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए ।

कार्यक्रममा लिट्मस इन्डस्ट्रिजले आफ्ना विद्यमान उत्पादन तथा समाधानहरूको श्रृंखला प्रस्तुत गर्नुका साथै नेपाली बजारमा दुई नयाँ कन्डक्टर प्रविधि सार्वजनिक गरेको छ । कम्पनीले एचटीएलएस (High Temperature Low Sag) कन्डक्टर र एल–५९ (Al-59) कन्डक्टर बजारमा ल्याएको जनाएको छ । नयाँ कन्डक्टर प्रविधिले कम्पनीको उत्पादन पोर्टफोलियो विस्तार गर्नुका साथै नेपालको प्रसारण तथा वितरण क्षेत्रमा विकसित हुँदै गएको आवश्यकतालाई सम्बोधन गर्न सहयोग पुग्ने कम्पनीको भनाइ छ ।

लिट्मस इन्डस्ट्रिजका प्रबन्ध निर्देशक रोहित गुप्ताले नेपालको ऊर्जा क्षेत्रका विभिन्न पक्षबीच बलियो साझेदारी निर्माण आवश्यक रहेको बताए । उत्पादक, आयोजना विकासकर्ता, ईपीसी कम्पनी, परामर्शदाता तथा अन्य उद्योग सरोकारवालाबीचको सहकार्यबाट भरपर्दो, प्रभावकारी र दिगो विद्युत् पूर्वाधार निर्माणमा योगदान पुग्ने उनको भनाइ थियो ।

रमेश कर्पअन्तर्गत सन् १९७७ मा स्थापना भएको लिट्मस इन्डस्ट्रिज नेपालमा तार, केबल तथा कन्डक्टर उत्पादनको क्षेत्रमा सक्रिय कम्पनी हो । कम्पनीले एल्युमिनियम तथा मिश्र धातुका रड उत्पादन गर्दै आएको छ भने उसका उत्पादन विद्युत् प्रसारण, वितरण तथा विभिन्न पूर्वाधारका क्षेत्रमा प्रयोग हुँदै आएका छन्। कम्पनीले नेपालसँगै क्षेत्रीय निर्यात बजारमा समेत आफ्नो उपस्थिति विस्तार गर्दै आएको जनाएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img