Monday, September 28, 2026
spot_img

अविरल वर्षापछि कालीगण्डकी ‘ए’का सबै गेट खोलिए

spot_img

Share

spot_img

काठमाडाैँ । अविरल वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि १४४ मेगावाट क्षमताको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको बाँध क्षेत्रमा जलस्तर उच्च भएको छ । जलस्तर खतराको तहभन्दा माथि पुगेपछि आयोजनाको डाइभर्सन ड्यामका सबै गेट पूर्ण रूपमा खोलिएको छ ।

बाँध क्षेत्रमा जलस्तर ५१९ मिटरको उचाइमा पुगेपछि सबै गेट खोलिएको आयोजनाले जनाएको छ । नदीमा पानीको बहाव अझै उच्च रहेकाले कालीगण्डकी नदीको तटीय क्षेत्रमा जोखिम बढेको छ। प्रशासनले नदी किनार तथा आसपासका बासिन्दालाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।

यसैबीच, लगातारको वर्षासँगै कालीगण्डकी नदीमा बढेको पानीको बहावले गण्डकी र लुम्बिनी प्रदेश जोड्ने स्याङ्जाको मिर्मी र गुल्मीको हर्मिचौरबीच सञ्चालनमा रहेको बेली ब्रिजसमेत बगाएको छ। पुल बगाएपछि दुई प्रदेशबीचको प्रत्यक्ष आवतजावत ठप्प भएको छ ।

वर्षा जारी रहेकाले कालीगण्डकी नदीमा पानीको बहाव थप बढ्न सक्ने भन्दै नदी आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img