Tuesday, June 9, 2026
spot_img

चार जलविद्युत् आयोजनालाई राष्ट्रिय वन प्रयोगको अनुमति

spot_img

Share

spot_img

काठमाडाैँ । सरकारले चार वटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको छ । सरकारले तल्लो अरुण जलविद्युत् आयोजना सहित चार जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको हाे ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री सस्मित पोखरेलका अनुसार मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

निर्णयअनुसार तल्लो अरुण जलविद्युत् आयोजनासहित लोवर न्यादी खोला जलविद्युत् आयोजना, हुन्सा खोला जलविद्युत् आयोजना र तादी खोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न अनुमति प्रदान गरिएको छ ।

वन क्षेत्र प्रयोगको स्वीकृतिसँगै यी आयोजनाहरूको निर्माण तथा पूर्वाधार विकास प्रक्रिया थप सहज हुने अपेक्षा गरिएको छ। जलविद्युत् उत्पादन क्षमता विस्तार गर्दै ऊर्जा क्षेत्रलाई सुदृढ बनाउने सरकारको नीतिअनुसार यस्तो निर्णय गरिएको बताइएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img