Thursday, July 30, 2026
spot_img

५ मेगावाटको साङ्गु खोलाकाे उत्पादन परीक्षण सम्पन्न

spot_img

Share

spot_img

काठमाडाैँ । दोलखा जिल्लामा निर्माण सम्पन्न ५ मेगावाट क्षमताको साङ्गु (सोरुण) खोला जलविद्युत् आयोजनाकाे सफलतापूर्वक सञ्चालन परीक्षण सम्पन्न भएकाे छ । सञ्चालन परीक्षण सम्पन्न भएसँगै आयोजना अब व्यावसायिक विद्युत् उत्पादन (Commercial Operation) सुरु गर्ने अन्तिम तयारीमा पुगेको छ ।

सञ्चालन परीक्षणका क्रममा आयोजनाका टर्बाइन, जेनेरेटर, नियन्त्रण प्रणाली, सुरक्षा उपकरण तथा राष्ट्रिय प्रसारण प्रणालीसँगको समन्वयलगायत सम्पूर्ण प्राविधिक परीक्षण सफलतापूर्वक सम्पन्न गरिएको प्रवर्द्धक कम्पनी कालिन्चोक हाइड्रोपावर लिमिटेडले जनाएको छ ।

प्रवर्द्धक कम्पनीले आयोजना सफलतापूर्वक यस चरणमा पुग्नु सम्पूर्ण सरोकारवालाको सामूहिक प्रयासको परिणाम भएको जनाएको छ । कम्पनीका अनुसार परामर्शदाता, निर्माण कम्पनी, इन्जिनियर, प्राविधिक, कर्मचारी तथा आयोजना निर्माणमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा संलग्न सबै पक्षको समर्पण, मेहनत र समन्वयले यो उपलब्धि सम्भव भएको हो ।

दोलखा जिल्लामा निर्माण गरिएको यो आयोजना रन–अफ–रिभर (Run-of-River) प्रकृतिको हो । आयोजनाबाट वार्षिक करिब ९.७२ गिगावाट-घण्टा (GWh) विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । उत्पादित विद्युत् १३२ केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।

कम्पनीले दोलखाका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आईपीओ निष्कासन प्रक्रिया समेत अघि बढाइसकेको छ । सञ्चालन परीक्षण सफल भएसँगै अब आवश्यक प्राविधिक तथा प्रशासनिक प्रक्रिया पूरा गरी आयोजना व्यावसायिक रूपमा विद्युत् उत्पादनमा प्रवेश गर्नेछ । आयोजनाबाट उत्पादित विद्युत्ले राष्ट्रिय प्रसारण प्रणालीमा थप स्वच्छ ऊर्जा उपलब्ध गराउँदै देशको बढ्दो विद्युत् माग व्यवस्थापन तथा ऊर्जा सुरक्षामा योगदान पुग्ने अपेक्षा गरिएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img