Tuesday, August 25, 2026
spot_img

लालुपाते हाइड्रोपावर कम्पनीद्वारा विद्यार्थीलाई ट्र्याकसुट वितरण

spot_img

Share

spot_img

मनाङ, भदौ ६ । लालुपाते हाइड्रोपावर कम्पनीले मनाङस्थित प्रकाश ज्योति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ट्र्याकसुट वितरण गरेको छ । नासों गाउँपालिका–२ मा निर्माणाधीन ४९.९५ मेगावाटको दाना खोला जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनीले वडा नम्बर–५ मा अवस्थित यो विद्यालयका सम्पूर्ण विद्यार्थीलाई ट्र्याकसुट वितरण गरेको हो ।

कम्पनीका अध्यक्ष एवम् स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले विद्यालयका विद्यार्थीलाई ट्र्याकसुट वितरण गरेका हुन् । आयोजनाको सामाजिक उत्तरदायित्व कार्य अन्तर्गत औपचारिक कार्यक्रमको आयोजना गरी प्रभावित क्षेत्रमा पर्ने विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई ट्र्याक सुट वितरण गरिएको कम्पनीले जनाएको छ ।

औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रधानाध्यापक पद्मराज पन्तले दाना खोला आयोजनाको प्रवद्र्धक कम्पनीप्रति आवार व्यक्त गरे । त्यसैगरी, नासों गाउँपालिका–४ का वडा अध्यक्ष एवम् गाउँपालिकाका सामाजिक विकास समिति संयोजक धर्मजंग गुरुङले लालुपाते हाइड्रोपावर कम्पनीले स्थानीय समुदाय र शिक्षाको क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरे ।

कार्यक्रममा सहभागी हुन मनाङ पुगेका कम्पनीका अध्यक्ष डाँगीले जलविद्युत आयोजना निर्माण गर्ने प्रवर्द्धक कम्पनीहरुले देशमा ऊर्जा क्षेत्रको विकास गर्ने मात्र नभई गाउँ–गाउँमा विकास र समृद्धि समेत भित्र्याएको बताए । ‘एउटा प्रवर्द्धक कम्पनीले दुर्गम क्षेत्रमा पुगेर आयोजना मात्रै बनाउँदैन, स्थानीय क्षेत्रको शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा पनि योगदान गरिरहेको हुन्छ । यसले देशलाई समृद्धिको यात्रामा सहयोग पुग्छ,’ उनले भने ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नासों गाउँपालिका वडा नम्बर–४ का वडा अध्यक्ष एवम् सामाजिक विकास समिति संयोजक धर्मजंग गुरुङ, वडा नम्बर–५ का वडा अध्यक्ष थुतेन लामा, प्रवद्र्धक कम्पनीका नासोंस्थित साइट कार्यालयका प्रशासन प्रमुख नविन खतिवडा, सुरक्षा इन्चार्ज चोकबहादुर गुरुङ तथा कम्पनीका सहायक जनसम्पर्क अधिकृत अर्जुन गुरुङ लगायतको पनि उपस्थिति थियो ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img