Monday, September 28, 2026
spot_img

नारायणी, तिनाउ, मर्स्याङ्दी तथा स-साना नदीहरूमा बाढीको उच्च जोखिममा

spot_img

Share

spot_img

काठमाडाैँ । चितवनको देवघाटस्थित नारायणी नदीको जलसतह खतरा तहभन्दा माथि पुगेको छ । नदीको जलसतह ९.३ मिटरको खतरा तह पार गरी निरन्तर बढिरहेको जनाइएको छ ।

हालको पूर्वानुमानअनुसार नारायणीको जलसतह ऐतिहासिक अधिकतम ११.६ मिटरभन्दा माथि पुगेर करिब १३ मिटर सम्म पुग्न सक्ने अनुमान गरिएको छ । आज बिहान करिब ११ बजे आसपास नदीको जलसतह १३ मिटर पुग्न सक्ने सम्भावना रहेको छ ।

यसैगरी रुपन्देही, कपिलवस्तु, चितवन, नवलपरासी पूर्व तथा पश्चिम, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, तनहुँ, स्याङ्जा, पाल्पा र गुल्मी तथा आसपासका जिल्लाबाट बहने साना नदी तथा खोलामा समेत बहाव उल्लेख्य बढ्न सक्ने चेतावनी दिइएको छ। ती क्षेत्रमा आकस्मिक बाढीको उच्च जोखिम रहेकाले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ ।

सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई नदी किनार तथा तटीय क्षेत्रबाट टाढा रहन, सुरक्षित स्थानमा बस्न र सरकारी निकायबाट जारी हुने सूचना तथा निर्देशन पालना गर्न आग्रह गरिएको छ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img