काठमाडाैँ । विद्युत नियमन आयोगले राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडलाई हकप्रद शेयर निष्काशन गर्ने अनुमति दिएको छ । आयोगले कम्पनीलाई १ बराबर ०.२५१४ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो ।
यस अनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३० करोड ८१ लाख २६ हजार २५४ रुपैयाँ ३४ पैसा बराबरको ३० लाख ८१ हजार २६२ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।
गत पुस २९ गते सम्पन्न कम्पनीको वार्षिक साधारण सभाले निर्णय गरी १ बराबर ०.४६६१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने अनुमति मागेकोमा आयोगले असोज ८ ते १ बराबर ०.२५१४ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न स्वीकृती दिएको हो।











