काठमाडाैँ । अपि पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०८२/८३ सम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश आगामी साधारणसभामा स्वीकृतिका लागि पेश गरिने कम्पनीले जनाएको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजी ६ अर्ब ३७ करोड ९७ लाख २४ हजार १९९ रुपैयाँको ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै, कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ ।
प्रस्तावित लाभांश साधारणसभाबाट पारित भएपछि शेयरधनीले प्राप्त गर्नेछन् ।











