Thursday, December 5, 2024
spot_img

तामाकोसी-५ को निर्माण जिम्मा चिनियाँ कम्पनी सिनो हाइड्राेलाई

spot_img

Share

spot_img

९९.८ मेगावाटको तामाकोसी–५ जलविद्युत् आयोजनाको निर्माण ठेक्का चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पाेरेशन लिमिटेडले पाएको छ । शुक्रबार (बैशाख २९ गते) तामाकोसी जलविद्युत कम्पनी लिमिटेड र सिनो हाइड्रोबीच सम्झौता भएको हो ।

१२ अर्ब ९९ करोड रुपैयाँमा सिभिल र हाइड्रोमेकानिकलको ठेक्का सिनो हाइड्रोले पाएको थियो । सिनो होइड्रो र नेपाली साझेदार कुमार श्रेष्ठ निर्माण सेवाको संयुक्त उपक्रम (जेभी) कम्पनीले निर्माण ठेक्का पाएको हो ।

आयोजनाको निर्माणका लागि प्राविधिक प्रस्तावमा छनोट भएका दुई कम्पनीमध्ये आर्थिक प्रस्तावमा कम रकम कबोल गर्ने सिनो हाइड्रो छनोटमा परेर ठेक्का पाएको हो । उक्त खरिद प्रक्रियामा भाग लिएका मध्ये सिनो हाइड्रो र चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेशन प्राविधिक प्रस्तावमा पास भएका थिए । यी मध्ये आर्थिक प्रस्तावमा कम कबोल गरेपछि सिनो हाइड्रोले ठेक्का पाएको थियो ।

सम्झौता भएसँगै अब एक महिनाभित्र काम सुरु गर्ने याेजना छ । आयोजनाको निर्माण निर्धारित तालिकाभित्र सम्पन्न गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनोद भण्डारीले बताए । उनका अनुसार पूर्व तयारी काम कामहरु लगभग सकिएको छ ।

माथिल्लो तामाकोसीको टेलरेस टनेलबाट निस्कने पानीलाइ सिधै डाइभर्सन बनाएर तामाकोसी–५ को सुरुङमार्गमा ल्याइनेछ । आयोजनाका लागि बाँध बनाउनु नपर्ने भएकाले यो आयोजना वित्तिय रुपमा आकर्षक मानिन्छ । यो जलविद्युत् आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) भइसकेको छ । यो आयोजना निर्माण थालेको ४ वर्षमा व्यवसायिक उत्पादन गर्ने लक्ष्य छ ।

यसअघिको ठेक्का रद्ध

कम्पनीले यसअघि २०७९ साउन ९ गते आयोजना निर्माणका लागि ठेकेदार छनोट गर्न बोलपत्र आह्वान गरेको थियो । आयोजना निर्माणका लागि इच्छा जाहेर गरेका ४ मध्ये दुई कम्पनी प्राविधिक प्रस्तावमा छनौट भएका थिए । उक्त ठेक्कामा सिनो हाइड्रो कर्पोरेशन लिमिटेड र चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेड पास भएर सर्टलिष्टमा परेका थिए । ती दुवै कम्पनीको वित्तीय प्रस्ताव प्रवर्द्धकको लागत अनुमानभन्दा बढी भएपछि ठेक्का प्रक्रिया अघि बढ्न नसकेर रद्ध भएको थियो । यी मध्ये सिनो हाइड्रोले आर्थिक प्रस्ताव कम कबोल गरेको थियो ।

२१ अर्ब १३ करोड ९५ लाख रुपैयाँ लागत अनुमान

कूल २१ अर्ब १३ करोड ९५ लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ६५ प्रतिशत ऋण र ३५ प्रतिशत स्वपुँजी (इक्विटी) लगानी हुनेछ । स्वपुँजी मध्ये प्राधिकरणको ६८ प्रतिशत र सर्वसाधारण नागरिकको ३२ प्रतिशत लगानी रहने गरी लगानीको मोडल तयार गरिएको छ । आयोजनामा कर्मचारी सञ्चय कोषले १३.७४ अर्ब रुपैयाँ लगानी गर्ने सम्झौता सम्पन्न भएको छ । कोषसँग गत जेठ ७ गते सम्झौता भएको थियो ।

आयोजनाको संरचना

तामाकोसी–५ नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनीमार्फत ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको क्यासकेड आयोजना हो । यसको हेडवर्क्स निर्माण नगरी माथिल्लो तामाकोसीको विद्युत् गृहबाट आएको टेलरेसको पानीलाई सिधै सुरुङमा पठाइन्छ ।

आयोजनाको ८ किलोमिटर सुरुङ निर्माण गरी सुरीटारमा भूमिगत विद्युत्गृह निर्माण गरी विद्युत् उत्पादन गरिनेछ । आयोजनाको आवास निर्माणको काम सुस्त गतिमा भइरहेको छ । २ किलोमिटर लामो २२० केभी प्रसारण लाइनलगायत संरचनाहरू निर्माण हुनेछन् । आयोजनाका सम्पूर्ण संरचना विगु गाउँपालिका वडा नम्बर १, २, ३ र ४ मा निर्माण हुनेछन् ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img