Friday, May 1, 2026
spot_img

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फन्डले १० मेगावाटको साैर्य परियोजनामा लगानी गर्ने

spot_img

Share

spot_img

काठमाडाैँ । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फन्ड (एनआइएफ) जनकपुरस्थित १० मेगावाट क्षमताको मिथिला सोलार परियोजनामा रणनीतिक लगानी गर्न सहमत भएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, नेपाल–री इन्स्योरेन्स र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा प्रवर्द्धित उक्त फन्डले यस लगानीमार्फत वैकल्पिक ऊर्जा स्रोतको उपयोग विस्तार, आयातित इन्धनमा निर्भरता कमी र दीगो ऊर्जा प्रणाली निर्माणमा हातेमालो गर्ने लक्ष्य राखेको छ ।

अन–ग्रिड मोडेलमा निर्माणाधीन मिथिला सोलार आयोजनाका प्रवर्द्धक ऊर्जा डेभलपर्सले सन २०३० सम्म १ गिगावाट कार्बन–न्यूट्रल ऊर्जा उत्पादन गर्ने दुरदर्शी लक्ष्य अघि सारेका छ ।

यो लगानीसँगै एनआइएफ नेपालका प्रमुख संस्थागत सौर्य लगानीकर्तामध्ये मजबुतस्थानमा उभिएको छ। यसअघि पनि फन्डले २५ मेगावाट पशुपति रिन्युएबल्स, ६.८ मेगावाट जी.आई. सोलार, ५ मेगावाट सोलार फार्म, ५० मेगावाट लुम्बिनी र ४० मेगावाट बुद्धभूमि सोलार परियोजनामा लगानी गरेकाे थियाे ।

यो लगानीले नेपालमा सौर्य ऊर्जाको क्षमता अभिवृद्धि गर्दै ऊर्जा मिश्रण सन्तुलनमा सुधार ल्याउने तथा नवीकरणीय ऊर्जाको दिगोपनमा थप कदम अघि बढाएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img