Saturday, May 2, 2026
spot_img

९० मेगावाटको मर्स्याङ्दीलाई उत्पादन अनुमति दिने अन्तिम तयारी

spot_img

Share

spot_img

काठमाडौँ । गण्डकी प्रदेशमा ९० मेगावाट क्षमताको मर्स्याङ्दी नदी आंशिक जलाशययुक्त जलविद्युत् आयोजना निर्माण हुने भएको छ । एम.ए. पावर प्राइभेट लिमिटेडले तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका, भानु नगरपालिका र लमजुङको राइनास नगरपालिका र गोरखाको पालुङटार नगरपालिका अन्तर्गत मर्स्याङ्दी नदीमा आयोजना निर्माण गर्न लागेको हो ।

कम्पनीले आयोजनाको उत्पादन अनुमतिका लागि विद्युत् विकास विभागमा आवेदन पेश गरेको छ । विभागले कम्पनीको नाममा उत्पादन अनुमतिपत्र जारी गर्ने अन्तिम तयारी गरेको छ ।

आयोजजनाबाट विद्युत् उत्पादनका लागि मर्स्याङ्दी नदीको पानी इन्टेकमा फर्काउन बनाइने बराजको कुल लम्बाइक्ष् ७४ मिटरको हुनेछ । मर्स्याङ्दी नदीमा आउन सक्ने बालुवालाई थिग्य्राउनका लागि सतही÷आयातकार चारवटा च्याम्ब्र भएको ४ वटा ‘बे’ बालुवा थिग्राउने पोखरी प्रस्ताव गरिएको छ ।

मर्स्याङ्दी नदीको दायाँ किनारमा ११.९ किलोमिटर लामो हेडरेस टनेल प्रस्ताव गरिएको छ । आयोजनामा ९७० मिटर लामो स्टील पेनस्टक पाइप रहनेछ । नदीको दायाँ किनारमा सतही विद्युत्गृह प्रस्ताव गरिएको छ ।

विद्युत्गृहभित्र ४ वटा भर्टिकल एक्सिस फ्रान्सिस टर्वाइनहरू रहनेछन् । यही टवाइनमार्फत विद्युत् उत्पादन गरिनेछ । उत्पादीत विद्युत् ११.६ किलोमिटर लामो २२० केभी प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको मार्किचोक सबस्टेसनमा जोडिनेछ ।

आयोजनाबाट २०८६ बैशाखभित्र विद्युत् उत्पादन गर्ने कम्पनीको लक्ष्य छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img