Friday, May 1, 2026
spot_img

नेपालमा दिगो विकासका लागि केएफडब्लूकाे ऊर्जामा बढी लगानी

spot_img

Share

spot_img

Kreditanstalt fur wiederaufban(KFW) अर्थात् यो मित्र राष्ट्र जर्मनीको सरकारी विकास बैंक हो, यसको अर्थ हुन्छ credit for reconstruction अर्थात् विकास निर्माण तथा पुनर्निर्माणका लागि अनुदान तथा सरल व्याजमा ऋण सहयोग गर्ने भन्ने बुझ्न सकिन्छ जसले नेपालजस्ता विकासोन्मुख देशहरूलाई आर्थिक र प्राविधिक सहयोग प्रदान गर्छ ।

यो जर्मनीको विकास सहयोग कार्यक्रमअन्तर्गत जर्मन संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालय German Federal Ministry for Economic Cooperation and Development –BMZ सँग मिलेर काम गर्छ । नेपालमा यो अन्तर्राष्ट्रिय संस्थाले विकासको पूर्वाधारको आधारशिला ठानेर खासगरी उर्जाको क्षेत्रमा निःस्वार्थ लगानी गरिरहेको छ ।

नेपाल र जर्मनीका बिचमा दौत्यसम्बन्ध ४ अप्रिल १९५८मा भएको हो र नेपालमा जर्मनीको राजदूताबास १९६३मा स्थापना भएको हो । नेपालले पनि बर्लिनमा आफ्नो राजदूताबास ५ जुलाई १९६५मा स्थापना गरेको हो ।

करिब ७ दशकसम्मको सुमधुर दौत्यसम्बन्धमा नेपाल र जर्मनीका बिचमा राजनीतिक, आर्थिक , साँस्कृतिक तथा विकासका क्षेत्रमा सहयोगको आदान प्रदान भइरहेको छ र यो सहयोगको निरन्तरता रहिरहने विश्वास गर्न सकिन्छ ।

नेपाल जर्मन सहयोगमा स्पष्ट देखिने उद्देश्यहरुः

१. नेपालमा दिगो आर्थिक विकास गर्न सहयोग गर्नु।
२. गरिबी घटाउने र जनताको जीवनस्तर सुधार गर्ने।
३. ऊर्जा, पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा सहयोग गर्नु।
४. पर्यावरण संरक्षण र जलवायु परिवर्तनको असर घटाउन सहयोग गर्नु।
५. सामाजिक तथा आर्थिक समानता बढाउन सहयोग गर्नु ।

विकास सहयोगका लागि आधारभूमि

  • के एफ डब्लुमार्फत् जर्मनीले नेपालमा सन् १९६३बाट नेपालको विकास प्रबद्र्धनका लागि त्यहाँको संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालयको तर्फबाट काम गर्न सुरु ग¥यो,
  • पहिले जी टी जेड भनिने तर अहिले परिवर्तित नाम जी आइ जेड सन् ७०को दशकदेखि नै नेपालको विकास कार्यका लागि सक्रिय रहेको र यसको औपचारिकरुपमा कार्यालय भने सन् १९७९मा खुलेको थियो ।

सहयोगको तरिका —खासगरी दुई तरिकाले सहयोग गर्ने गरेको पाइन्छ

  • प्राविधिक सहयोगः सामान्यतया जी आइ जेड र अन्य कार्यान्वयन गर्ने सहयोगी तथा साझेदार संस्थाहरुमार्फत् गरिन्छ,
  • आर्थिक सहयोगः खासगरी के एफ डब्लु बैँक मार्फत् हुने गर्छ,
  • जति पनि जर्मनीले द्विपक्षीय सहयोग गरेको हुन्छ अनुदानको कोषमार्फत् नै हुन्छ । अर्थात् नेपाल र
  • जर्मनीका बिचमा हुने जति पनि विकास पूर्वाधारका कामहरु हुन्छन्, ती सबै सहयोग अनुदानका रुपमा नै हुन्छन् अर्थात् ऋणका रुपमा होइन ।

के एफ डब्लुका विशेषताहरू

१. नेपाललाई सस्तो ऋण (युरोपका अन्य देशहरु र युरोपियन युनियनको सहकार्यमा यदाकदा) र सम्पूर्ण सहयोग अनुदानका रुपमा उपलब्ध गराउँछ ।
२. दीर्घकालीन विकासका परियोजनाहरूमा लगानी गर्छ ।
३. सरकार र विभिन्न संस्थासँग सहकार्य गरेर काम गर्छ ।
४. विकास परियोजनामा प्राविधिक सहयोग पनि प्रदान गर्छ ।
५. दिगो विकास र वातावरणमैत्री परियोजनामा ध्यान दिन्छ।
के एफ डब्लुका कार्यहरू
१. जलविद्युत् र नवीकरणीय ऊर्जा परियोजनामा आर्थिक सहयोग।
२. सडक, सिँचाइ र पूर्वाधार विकासमा सहयोग।
३. शिक्षा र स्वास्थ्य क्षेत्रका कार्यक्रमहरूलाई सहयोग।
४. वन संरक्षण र वातावरणीय परियोजनाहरूमा लगानी।
५. स्थानीय सरकार र संस्थाहरूलाई विकास परियोजना सञ्चालन गर्न सहयोग।

छोटकारीमा भन्नुपर्दा यो बैँकले नेपालमा आर्थिक, सामाजिक र वातावरणीय विकासका विभिन्न परियोजनामा सहयोग गरेर देशको दीर्घकालीन विकासमा महत्वपूर्ण भूमिका निर्बाह गरिहेको छ। ा यसले नेपालमा विशेष गरी ऊर्जा विकास (Energy Development) क्षेत्रमा महत्वपूर्ण सहयोग गर्दै आएको छ। यसको मुख्य कार्यहरू यस प्रकार छन्ः

ऊर्जा विकासमा भएका कार्यहरू

१. जलविद्युत् विकासमा सहयोग – नेपालका जलविद्युत् परियोजनाहरू निर्माण गर्न आर्थिक सहयोग प्रदान गर्छ।
२. नवीकरणीय ऊर्जा प्रवद्र्धन – सौर्य ऊर्जा, साना जलविद्युत् तथा अन्य स्वच्छ ऊर्जाको विकासमा सहयोग गर्छ ।
३. विद्युत् प्रसारण लाइन निर्माण – उत्पादित विद्युत् देशका विभिन्न ठाउँमा पु¥याउन प्रसारण लाइन र पूर्वाधार विकासमा सहयोग गर्छ ।
४. ग्रामीण विद्युतीकरण – दुर्गम तथा ग्रामीण क्षेत्रमा बिजुली पुर्याउन सहयोग गर्छ।
५.ऊर्जा दक्षता सुधार – ऊर्जा प्रयोगलाई प्रभावकारी र दिगो बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्छ ।

यसरी KfW ले नेपालमा स्वच्छ र दिगो ऊर्जा विकास गरेर आर्थिक विकास र जनजीवन सुधार गर्न महत्वपूर्ण योगदान पुर्याएको छ।

नेपालमा जर्मनीको विकास बैंक मार्फत प्रदान गरिएको सहयोग रकम (कुल वित्तीय सहायता) पूर्ण रूपले सरकारी विवरण अथवा स्रोतले निरन्तर अद्यावधिक गर्ने नगरेकोले एकैठाउँमा सबै जोडेर ठीक “कुल योग” निकाल्न सकिँदैन ।

नेपाल जर्मन सहयोगअन्तर्गत गरिएका महत्वपूर्ण परियोजनाहरु

भक्तपुर पुनर्निर्माण(रिस्टोरेसन) तथा भक्तपुर विकास परियोजना— सन् १९७०को दशकमा(१९७४तिर)नेपाल जर्मन सहयोगको सुरुवातको रुपमा जर्मन प्राविधिक सहयोगमा भक्तपुरको सहरी विकास र प्राचीन ,ऐतिहासिक तथा परम्परागत साँस्कृतिक धरोहरहरुको संरक्षण गर्न सहयोगको सृुरुवात गरिएको थियो ।

  • तल्लो मस्र्याङ्दी जलविद्युत परियोजनामा सहयोग— सन् १९८०को दशको अन्तिम समयमा सुरु गरिएको तल्लो मस्र्याङ्दी बेसिन जसमा ६९ मेगावाट मस्र्याङ्दीसमेत छ, १९८९मा चल्न थालिसकेको छ । यसमा के एफ डब्लुको प्रत्यक्ष सहयोग अनुदान छ ।
  • मध्य मस्र्याङ्दी जलविद्यृत परियोजना—७० मेगावाटको यो परियोजना सन २०००मा सुरु भएर २००८—९मा सम्पन्न भइसकेको छ । जर्मन सरकारको तर्फबाट हुने आर्थिक सहयोग के एफ डब्लु मार्फत् नै भएको हो ।
  • जर्मनी सरकारले अरु नवीकरणीय उर्जाका क्षेत्रका थुप्रै परियोजनाहरुमा , सामाजिक पूर्वाधार विकासका क्षेत्रमा र आवश्यक ठाउँहरुमा प्राविधिक तथा आर्थिक सहयोग दिइरहेको छ जसमा के एफ डब्लुु मार्फत् नै सहयोग गरिएको छ ।
    वर्तमानको सहायतामा केन्द्रित गरिएका क्षेत्रहरु
  • हालका अवस्थामा जर्मन विकास सहायताको प्राथमिकतामा परेका क्षेत्रहरु हुन्—दिगो आर्थिक विकास जसमा निजी क्षेत्र विकास, रोजगारी क्षेत्र, विविध उत्पादनका क्षेत्रहरु पर्दछन् ।
  • स्वास्थ्य तथा सामाजिक सुरक्षा—मातृशिशु कल्याणका लागि स्वास्थ्य सुव्यवस्था, सामािजक समावेशिताको नीति पर्दछन् ।
  • उर्जा तथा जलवायु अनुकूलन—नवीकरणीय उर्जा, विद्युतीय ट्रान्समिसन पूर्वाधार, गुणस्तरीय उर्जा क्षमताको निपुणता पर्दछन् ।
    संस्थागत सहयोगमा के एफ डब्लुको स्तर
  • सक्रियरुपमा के एफ डब्लुको स्तर जर्मन सरकारको संघीय आर्थिक सहयोग तथा अन्तर्राष्ट्रिय विकास मन्त्रालयको तर्फबाट गरिने सहयोग करिब १९५मिलियन युरो नेपालमा खर्च गर्ने अवस्थामा देखिन्छ जसमा जर्मन सरकार र केही मात्रामा युरोपियन युनियनको सहयोग पनि रहेको हुनसक्छ ।
  • जति पनि जर्मन सरकारले सहयोग गर्छ, नेपाल सरकारको विकास रणनीतिअन्तर्गत मागिएको आर्थिक तथा प्राविधिक सहयोगको आधारमा के एफ डब्लुले सहयोग परिचालन गर्छ ।
    अन्य सहयोगका क्षेत्रहरु
  • नेपालमा २०७२सालमा गएको महाभूकम्पमा तत्काल राहत सहयोग गर्ने काम जर्मन सरकारले गरेको थियो जसले भूकम्पपछिको बिचल्लीमा परेकाहरुको पुनस्र्थापना र त्यसपछिको पुनर्निर्माणको कार्यमा पनि यो बैंकको सहयोग रहेको थियो ।
  • जर्मन विकास सहायताले लामो द्वन्द्वपछिको नेपालको शान्ति पुनस्र्थापना , संक्रमणकालीन न्याय सामाजिक विकासमा पनि काम गरिरहेको छ जसमा मुख्य भूमिका के एफ डब्लुले निर्बाह गरेको छ ।

अन्त्यमा,

नेपालको उर्जा विकासको क्षेत्रमा यो के एफ डब्लु अर्थात् नेपालमा आर्थिक तथा प्राविधिक सहयोगका खोलेको क्रेडिट बैँकले जर्मन सरकारको प्रतिनिधिको रुपमा नेपालको दिगो विकासका लागि उर्जा विकासलाई महत्व दिएको छ र सफा उर्जाको विकासमा, नवीकरणीय उर्जाको विकासमा जलविद्युतको क्षेत्रलाई महत्वका साथ लिएको छ । हाल के एफ डब्लुका नेपाल निर्देशक (कन्ट्री डाइरेक्टर वरिष्ठ इन्जिनियर निरज सुवेदी हुनुुहुन्छ ।

नेपालको उर्जा क्षेत्रमा जर्मन सहयोग अविस्मरणीय रहेको पाइन्छ र भावी दिनमा पनि यो सहयोग वृद्धि भइरहने अपेक्षा गरिन्छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img