Friday, April 24, 2026
spot_img

सर्वसाधारणका लागि २५ लाख १५ हजार ४५५ कित्ता शेयर जारी गर्दै टक्सार पिखुवा

spot_img

Share

spot_img

काठमाडाैँ । टक्सार पिखुवा खोला हाइड्रो पावर लिमिटेडले सर्वसाधारणका लागिआईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी बैशाख २३ गतेदेखि सेयर निष्काशन गर्ने भएकाे हाे ।

कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकेकाे छ ।

कम्पनीले १२ लाख कित्ता स्थानीय बासिन्दा र ३ लाख ३ हजार ६७ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बाँडफाँट गरिसकेकाे छ । साथै, १ लाख ५१ हजार ५३३ कित्ता सामूहिक लगानी कोष र ६० हजार ६१३ कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ ।

अब सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २५ करोड १५ लाख ४५ हजार ५०० रुपैयाँबराबरको २५ लाख १५ हजार ४५५ कित्ता शेयर निष्काशन हुन लागेको हो।

यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आवेदन छिटोमा बैशाख २३ गते बन्द हुनेछ भने मागअनुसार नपुगेमा ढिलोमा जेठ ६ गतेसम्म खुला रहनेछ ।

कम्पनीले ८ मेगावाट क्षमताको टक्सार पिखुवा खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेकाे छ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img