Thursday, April 23, 2026
spot_img

सिद्धि खोलाबाट उत्पादित १० मेगावाट विद्युत् ग्रिडमा जाेडियाे

spot_img

Share

spot_img

काठमाडौँ । इलाममा निर्माण सम्पन्न भएको सिद्धि खोला जलविद्युत् आयोजनाबाट उत्पादित १० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । सिद्धि हाइड्राे पावर कम्पनीले निर्माण सम्पन्न गरेको आयोजनाको विद्युत् प्रणालीमा जोडिएको हो ।

सूर्योदय नगरपालिका र रोङ गाउँपालिकाको सीमा भएर बग्ने सिद्धिखोलामा निर्माण गरिएको आयोजनाबाट उत्पादित विद्युत् लासुनेमा निर्माण सम्पन्न भएको सबस्टेसनमार्फत राष्ट्रिय ग्रिडमा जोडिएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार अहिले आयोजनाको उत्पादन परीक्षण भइरहेको छ । बैकले कुल लगानीकाे ७५ प्रतिशत अर्थात १ अर्ब ३९ कराेड रूपैयाँ ऋण लगानी गरेकाे छ । कम्पनीले २०८० फागुनमा निर्माण सुरु गरेको यो आयोजना करिब दुई वर्षमा सम्पन्न भएको हो ।

आयोजनामा सिटिजन्स इन्टरनेशनल बैंक लिमिटेडको एकल लगानी रहेको छ । जसको प्रतिमेगावाट लागत करिब २१ करोड रुपैयाँ रहेको छ ।

आयोजनाबाट हिउँदमा ७.८०५ गिगावाट घन्टा र वर्षामा ४६.९११ गिगावाट घन्टा विद्युत् उत्पादन हुने अपेक्षा गरिएको छ ।

कम्पनीले सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने तयारी पनि अघि बढाइएको छ । गत माघ २३ गते सम्पन्न तेस्रो वार्षिक साधारणसभाले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने प्रस्ताव स्वीकृत गरिसकेको छ ।

आयोजनाको विस्तृत इन्जिनियरीङ डिजाइन तथा निर्माण सुपरीवेक्षणका लागि परामर्शदाताको रूपमा स्लेशा इन्जिनियरीङ कन्सल्टेन्सीले सफलतापूर्वक सम्पन्न तथा सञ्चालनमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img