Tuesday, May 12, 2026
spot_img

ईभी चार्जिङ पूर्वाधारमै भ्रष्टाचार, प्राधिकरणका कार्यालय प्रमुखमाथि भ्रष्टाचार मुद्दा

spot_img

Share

spot_img

काठमाडौँ । विद्युतीय सवारीसाधन प्रवर्द्धनका लागि देशभर चार्जिङ स्टेसन विस्तार गर्ने सरकारी नीति अघि बढिरहेका बेला नेपाल विद्युत् प्राधिकरणकै एक अधिकारी घुस प्रकरणमा मुछिएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राधिकरणको कञ्चनपुर वितरण केन्द्र, सप्तरीका प्रमुख महेन्द्रकुमार दास विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार चार्जिङ स्टेसनका लागि ट्रान्सफर्मर राखी विद्युत् लाइन जडान गरिदिने क्रममा सेवाग्राहीसँग घुस मागिएको पुष्टि भएपछि मुद्दा दायर गरिएको हो ।

दासले चार्जिङ स्टेसन सञ्चालनका लागि आवश्यक विद्युत् लाइन छाडिदिन सेवाग्राहीसँग बार्गेनिङ गरेका थिए । घुस नदिए लाइन काटिदिने धम्कीसमेत दिएको उजुरीपछि अख्तियारको इटहरी कार्यालयबाट टोली खटिएको थियो ।

टोलीले उनलाई सेवाग्राहीबाट एक लाख ४० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ । अनुसन्धानका क्रममा नियमानुसार सम्पन्न भइसकेको कामका लागि समेत रकम मागिएको तथ्य खुलेको अख्तियारले उल्लेख गरेको छ ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत दासविरुद्ध एक लाख ४० हजार रुपैयाँ बिगो कायम गर्दै बिगो बराबर जरिवाना र कैद सजाय मागदाबीसहित विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको जनाएको छ ।

सरकारले विद्युतीय यातायात र चार्जिङ पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखिरहेका बेला यस्तो घटना सार्वजनिक हुनु चिन्ताजनक मानिएको छ । चार्जिङ स्टेसन जस्ता नयाँ ऊर्जा पूर्वाधारमा समेत अनौपचारिक रकम मागिने प्रवृत्तिले लगानीकर्ताको विश्वास कमजोर पर्नसक्नेछ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img