Thursday, September 3, 2026
spot_img

थापा बने काठमाडौं विश्वविद्यालयको रजिस्ट्रार

spot_img

Share

spot_img

काठमाडौ । सरकारले काठमाडौं विश्वविद्यालयको रजिस्ट्रारमा  विराज सिंह थापालाई नियुक्त भएका छ्न् ।

विश्वविद्यालयका उपकुलपतिको सिफारिशका आधारमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले थापालाई रजिस्ट्रार नियुक्त गरेका हुन्। थापाले बुधबार शिक्षा तथा खेलकुद मन्त्रालयमा पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

बिगत गत २२ वर्षदेखि केयूको सहप्राध्यापकका रूपमा कार्यरत थापाले नर्वेबाट हाइड्रोपावर विषयमा विद्यावारिधि (पीएचडी) गरेका छन्। 

शपथ ग्रहणमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालय सुधारका लागि टिमवर्क र सक्रियताका साथ काम गर्न नवनियुक्त पदाधिकारीलाई निर्देशन दिएका छन्।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img