Monday, August 31, 2026
spot_img

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजनाका ९२ जना अझै बेपत्ता, उद्धार तीव्र

spot_img

Share

spot_img

काठमाडाैँ । भदौ १० गते भोटेकोशी नदीमा आएको भिषण बाढीका कारण सञ्चालनमा रहेको १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको छ । बाढीका कारण आयोजना स्थलमा कार्यरत ठूलो संख्यामा कर्मचारी तथा निर्माण श्रमिकहरू बेपत्ता भएका छन् ।

प्रवर्द्धक कम्पनी रसुवागढी हाइड्रो पावरका अनुसार आयोजना स्थल र निर्माण कार्यमा खटिएकामध्ये अझै ९२ जना बेपत्ता सूचीमा रहेका छन् । नेपाली सेनाले हालसम्म ४ जनाको जीवितै उद्धार गरेको छ भने २ जनाको शव मृत अवस्थामा फेला परेको छ ।

आयोजना तर्फ ५० जना बेपत्ता छन् । जसमा बाँधक्षेत्रबाट १६ जना, विद्युतगृ क्षेत्रबाट १४ जना र घट्टेखोला क्याम्पबाट २० जना कर्मचारी सम्पर्कविहीन भएका छन् । कन्ट्याक्टर तर्फ ४२ जना बेपत्ता छन् । निर्माण तथा मर्मत कार्यमा खटिएका शेर्पा हाइड्रो कन्स्ट्रक्सन प्रालिका ३४ जना, सिडब्लुईका ५ जना र भेनस कन्स्ट्रक्सनका ३ जना श्रमिक अझै बेपत्ता छन् ।

घटनालगत्तै सुरक्षा निकाय तथा नेपाली सेनाको टोलीले प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ ।

सम्पर्कबिहिनकाे नामः

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img