काठमाडाैँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब बढीको बजेट सार्वजनिक गरेका छन् । अर्थमन्त्री पुनले संसद्का दुवै सदनमा चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ कराेड अर्थात ६१.३ पतिशत र पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ कराेड अर्थात १८.९४ प्रतिशत बजेट सार्वजनिक गरेका हुन् ।
यसैगरी, वित्तीय तर्फ ३ खर्ब ६७ अर्ब १८ कराेड अर्थात १९.९४ प्रतिशत बजेट रहेकाे छ ।