Monday, November 23, 2026
spot_img

दमौली–भरतपुर प्रसारण लाइन निर्माणमा प्रगति, ८१ वटा टावर जडान सम्पन्न

spot_img

Share

spot_img

काठमाडाैँ ।  १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत निर्माण भइरहेको दमौली–भरतपुर २२० केभी प्रसारण लाइनको निर्माण कार्यले गति लिएको छ । करिब ३५ किलोमिटर लामो उक्त प्रसारण लाइनका ९४ वटा टावरमध्ये ८३ वटाको जग निर्माण र ८१ वटा टावर जडान कार्य सम्पन्न भएको छ ।

आयोजनाका अनुसार प्रसारण लाइनमा हालसम्म करिब २.२ किलोमिटर तार तान्ने कामसमेत पूरा भएको छ । बाँकी टावर निर्माण, जडान तथा तार तान्ने कार्यलाई अघि बढाइएको छ ।

दमौलीदेखि भरतपुरसम्म विस्तार हुने यो प्रसारण लाइन तनहुँ जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न महत्वपूर्ण पूर्वाधारका रूपमा रहनेछ ।

प्रसारण लाइन निर्माण सम्पन्न भएपछि तनहुँ जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय ग्रिडमा प्रवाह गर्न सहज हुनेछ । यसले विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ बनाउनुका साथै ऊर्जा प्रसारण क्षमतासमेत बढाउने अपेक्षा गरिएको छ ।

तनहुँ जलविद्युत् आयोजना नेपालको ऊर्जा उत्पादन क्षमता विस्तार गर्ने महत्वपूर्ण आयोजना हो । यसअन्तर्गत प्रसारण लाइन निर्माण सम्पन्न हुनु विद्युत् उत्पादनलाई राष्ट्रिय प्रणालीमा जोड्ने दिशामा महत्वपूर्ण उपलब्धि हुनेछ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img