काठमाडाैँ । विद्युत् नियमन आयोगको अध्यक्ष र सदस्य पदका लागि १४ जना ‘सर्ट लिस्ट’ मा परेका छन् । आवेदकहरुमध्ये अध्यक्ष पदका लागि ६ जना र सदस्य पदका लागि ८ जना सर्ट लिस्टमा परेका हुन् ।
अध्यक्ष पदका लागि ‘सर्ट लिस्ट’मा पर्नेमा दिल्लीबहादुर सिंह, अर्जुनजंग थापा, चन्द्रसिंह साउद, डा.मधुसुधन अधिकारी, मातिबहादुर कुँवर र डा.रामप्रसाद धिताल रहेका छन् । अध्यक्षका लागि सर्टलिस्टमा परेका प्रतिस्पर्धीहरूको अर्न्तवार्ता र प्रस्तुतिकरण जेठ २६ र २७ गते हुनेछ ।
यसैगरी, सस्दस्य पदका लागि कुष्णसिंह वस्नेत, चुडामणी चापागाई, जयराज भण्डारी, झमकप्रसाद शर्मा, भागिरथी भट्टराई, डा मधुसुधन अधिकारी, शकुन्तला ढकाल र सुरेशबहादुर भट्टराई रहेका छन् । सदस्यका लागि सर्टलिस्टमा परेका प्रतिस्पर्धीहरूकाे अर्न्तवार्ता र प्रस्तुतिकरण जेठ २८ र २९ गते हुने जनाइएको छ ।
याे पनि पढ्नुहाेस्ः विद्युत् नियमन आयोगको अध्यक्षमा निवर्तमान अध्यक्ष सिंहसहित ८ जनाको उम्मेदवारी
याे पनि पढ्नुहाेस्ः नियमन आयोगमा सिंहको ५ वर्ष, अध्यक्षमा सिंह नै दोहोर्याउँदा उत्तम