Tuesday, February 18, 2025
spot_img

२५ लाख लागतमा निर्माण सम्पन्न विद्युतीय चार्जिङ स्टेसन सञ्चालन

spot_img

Share

spot_img

काठमाडौँ । सप्तरीको हनुमानगर कंकालिनी नगरपालिकाको वडा नम्बर ३ पोर्ताहामा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । स्टेसनको उद्घाटन नगर प्रमुख विरेन्द्र माझी र नेपाल विद्युत् प्राधिकरण कञ्चनपुर वितरण केन्द्र प्रमुख अरुणकुमार साहले संयुक्त रूपमा गरेका हुन् ।

उद्घाटन कार्यक्रममा नगर प्रमुख माझीले चार्जिङ स्टेसनको सञ्चालनले विद्युतीय सवारी साधनको उपयोगलाई प्रोत्साहन मिल्ने बताए । पेट्रोलियम पदार्थबाट सञ्चालित निजी र सार्वजनिक सवारी साधनलाई विद्युतीय सवारी साधनले प्रतिस्थापन गर्न सकिएमा भविष्यमा इन्धन र ऊर्जामा विदेशिने ठूलो धनराशी बचत हुने तथा व्यापार घाटा कम हुने उनको भनाइ छ ।

उनले चार्जिङ स्टेसन सञ्चालनले यस लोकमार्गमा हिँडने चार्जिङ सवारी साधन चार्ज गर्नलाई सहज भएको छ भने निकट समयमै पालिकाभित्र पर्ने अर्को स्थानमा पनि चार्जिङ स्टेसन सञ्चालन गर्नको लागी पहल गर्ने बताए ।

वितरण केन्द्रका प्रमुख साहले जिल्लामै यो चार्जिङ स्टेसन दोस्रो भएको र निजी लगानीमा भने पहिलो भएको बताए । यसअघि प्राधिकरणले सप्तरीकै कदमाहामा स्टेसन सञ्चालनमा ल्याई सकेको पनि उनले जानकारी दिए ।

चार्जिङ स्टेसनमा ६० किलोवाटका डिसी चार्जर जडान गरिएको छ भने चार्जिङ स्टेसनमा ६० किलोवाट क्षमताका दुई वटा फास्ट चार्जर रहेका छन् । यसबाट २ वटा सवारी साधन एक साथ चार्ज गर्न सकिने जनाइएको छ ।

करिब २५ लाख रुपैयाँ लागतमा स्टेसनको निर्माण सम्पन्न भएको सञ्चालक सौरभ अग्रवालले बताए । केही समयपछि अर्को ६० किलोवाटका डिसी चार्जर जडान गरी एकै साथ ४ वटा सवारी साधन चार्ज गर्ने सकिने सञ्चालक अग्रवालले बताए ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img