काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको आधिकारिक ट्रेड युनियन कर्मचारी संघका अध्यक्ष जनार्दन भट्टराईले ट्रंक डेडिकेटेड लाइन प्रकरणमा सरकारले छुट दिएको १० अर्ब रुपैयाँ बक्यौता समेत उठाउनुपर्ने बताएका छन् ।
प्राधिकरणको शनिबार भएको ३९औं वार्षिक उत्सवलाई सम्बोधन गर्दै उनले बक्यौता मिनाहा गर्ने खोजे आँधीबेरी ल्याउने चेतावनी दिएका छन् ।
२०७२ साउनदेखि पुससम्म १ अर्ब ४१ करोड ९० लाख ५० हजार ६ सय रुपैयाँ, २०७५ जेठदेखि २०७७ जेठसम्मको ९ अर्ब १ करोड ९५ लाख १५ हजार ३ सय रुपैयाँ गरी करिब १० अर्ब रुपैयाँ बक्यौता सरकारले छुट दिएकाे छ । सरकारले छुट दिएकाे बक्याैता उठाउँनै पर्छ, कसैले मिनाहा गर्न खोजे आँधीबेहरी आउने भट्टराईले बताए ।
‘सरकारले १० अर्ब रुपैयाँ बक्यौता मिनाहा गर्न सक्दैन, यो उठाउनै पर्छ’ उनले भने, ‘होइन भने आँधीबेहरी आउँछ । ल्याउँछौ ।’