Friday, March 28, 2025
spot_img

उच्च क्षमताका ४७ सबस्टेसन निर्माणका विभिन्न चरणमा

spot_img

Share

spot_img

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले उच्च क्षमताका ४७ सबस्टेसन निर्माण गरिरहेको छ । प्राधिकरणले भविष्यमा वृद्धि हुन सक्ने विद्युतको सम्भावित मागलाई सम्बोधन गर्न यी सबस्टेसनकाे निर्माण गरिरहेकाे हाे ।

निर्माणाधीन तथा निर्माण सम्पन्न विद्युत् आयोजनाको बिजुली जोड्न तथा गुणस्तरीय आपूर्ति गर्ने उद्देश्यले निर्माण गरिरहेको यी सबस्टेसन विभिन्न चरणमा छन् । प्राधिकरण अनुसार प्रसारण निर्देशनालय अन्तर्गत १९ र परियोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत २८ सबस्टेसन निर्माण गरिरहेको छ ।

प्रसारण निर्देशनालय अन्तर्गत निर्माणाधीन सबस्टेसनमध्ये १३२/३३ केभी क्षमताका १४ र २२०/१३२ केभी क्षमताका ५ सबस्टेसन निर्माणाधीन छन् । निर्माणाधीन यी सबस्टेसनमध्ये ९ सबस्टेसन २०२४/२५ भित्र, ८ सबस्टेसन २०२५/२६ भित्र र बाँकी २०२६/२७ भित्र सम्पन्न गरिने प्राधिकरणले जानकारी दिएको छ ।

यसैगरी, परियोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत ४००/२२० कभि क्षमताको ३, २२०/१३२ केभीको ७, १३२/६६ केभी क्षमताको ३ वटा, १३२/३३ केभीको ११, १३२/११ केभीको ४ सबस्टेसन निर्माणका विभिन्न चरणमा छन् । यी सबै सबस्टेसनको काम २०२४/२५ भित्र सम्पन्न गर्ने प्राधिकरणको लक्ष्य रहेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img