Sunday, January 19, 2025
spot_img

बीवाईडी एम-६ काे क्रेजः दुई सातामै १०० युनिट बुकिङ

spot_img

Share

spot_img

काठमाडाैँ । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले पोखराबाट भव्यतापूर्वक बीवाईडीको नयाँ एमपीभी बीवाईडी एम६ लन्च गरेको छ । काठमाडौंबाट पोखरासम्म भव्यतापूर्वक एम६-याली गरेर सो गाडी लन्च गरिएको हो ।

सो अवसरमा एकै पटक १०० गाडी समेत ग्राहकलाई डेलिभरी गरिएको छ । गत डिसेम्बर ११ अर्थात मंसिर २६ देखि प्रि–बुकिङ प्रारम्भ गरिएको बीवाईडी एम६ प्रति ग्राहकहरूले दर्शाएको उत्साहजनक प्रतिक्रियाका कारण दुई साताकै बिचमा लन्च इभेन्टमार्फत १०० युनिट गाडी ग्राहकलाई हस्तान्तरण गरिएको छ ।

यसको मूल्य समेत घोषणा गरिएको छ । बीवाईडी एम६ को प्रारम्भिक मूल्य ५८ लाख ९० हजार रुपैयाँ तोकिएको छ । पर्यटकीय नगरी पोखराबाट बीवाईडीको एमपीभी एम६ लन्च गर्न गरिएकाे छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले बीवाईडी एम ६ अतुलनीय कम्पर्ट, परफर्मेन्स र सस्टेनेबिलिटी प्रदान गर्ने गरी डिजाइन गरिएको बताए । ग्लोबल वामिङको असर नेपालका हिमालमा पनि परिरहेको अवस्थामा विद्युतीय गाडीको प्रयोग महत्त्वपूर्ण हुने श्रेष्ठले बताए।

बीवाईडी एम६ का विशेषता

बीवाईडी एम६ मा कम्फर्ट र स्पेस रहेको छ । यसमा भएका ७ प्रिमियम सिट, फ्लेक्जिबल लगेज क्यापासिटीको स्टोरेजले एम६ मा गरिने यात्रालाई कम्फर्ट र प्राक्टिकल बनाउँछ । यसमा नेपाली परिवार र व्यापारिक घरानाको चाहना पुरा गर्ने गरी लक्जरी, फङ्सनालिटी र सस्टेनेबिलिटी उपलब्ध छ ।

पावरफुल परफर्मेन्स रहेकाे गाडीमा १०० किलोवाट हाई–पर्फमेन्स इलेक्ट्रिक मोटर र ४४० किलोमिटर (डब्लुएलटीसी) सम्मको रेन्ज रहेकाे छ । यसममा फास्ट चार्जिङ विकल्प पनि छ । बीवाईडी एम६ ले ११५ किलोवाटको फास्ट चार्जिङ सपोर्ट गर्छ । यसबाट ३७.४ मिनेटमै फुल चार्ज गर्न सकिन्छ । यसकारण व्यस्त दैनिकी भएकाहरूका लागि यो सही सवारी पमाणीत हुने विश्वास गरिएकाे छ । यसमा भएका नयाँ स्तरीय प्रविधिले पनि यसलाई अन्य गाडी भन्दा फरक बनाउँछ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img