Sunday, March 23, 2025
spot_img

कालीगण्डकी गर्जमा ६ बैंक तथा वित्तीय संस्थाकाे २९ अर्ब ६२ कराेड लगानी

spot_img

Share

spot_img

काठमाडाैँ । १८० मेगावाटको कालीगण्डकी गर्ज जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएकाे छ । आयोजनामा लक्ष्मी सनराइज बैंकको अगुवाइमा ६ बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गर्ने गरी सम्झाैता भएकाे हाे ।

आयोजना निमार्णको लागि लक्ष्मी सनराइज बैंकको नेतृत्व ६ बैंक तथा वित्तीय संस्थाहरूले कुल लागतको ७५ प्रतिशत अर्थात २९ अर्ब ६० कराेड रुपैयाँ लगानी गर्ने प्रतिवद्धता जनाएका छन् । बाँकी २५ प्रतिशत रकम सो कम्पनीका संस्थापक तथा सर्वसाधारणबाट लगानी हुनेछ ।

लक्ष्मी सनराइज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिवद्धता ९ अर्ब रुपैयाँ रहेको छ भने सहअगुवा बैंकहरूः ग्लोबल आइएमइ बैंकको ७ अर्ब १२ करोड ६० लाख रुपैयाँ र सिद्धार्थ बैंकको ५ अर्ब रुपैयाँ रहेको छ । अन्य सहभागी बैंकहरूः हिमालयन बैंकको ३ अर्ब, नेपाल एसबिआई बैंकको ३ अर्ब र एभरेष्ट बैंकको २ अर्ब ५० करोड रुपैयाँ गरी कूल २९ अर्ब ६२ करोड ६० लाख रुपैयाँ लगानी रहेको छ । योजनाको कुल लागत ३९ अर्ब ५० करोड २४ लाख रुपैयाँ छ ।

२०२९ जुनभित्र उत्पादन थाल्ने याेजना रहेकाे कालीगण्डकी गर्ज जलविद्युत आयोजनाले २०७५ फागुनमा विद्युत विकास विभागबाट विद्युत उत्पादनको अनुमति लिएकाे थियाे । २०७९ फागुण १७ गते नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता समेत गरिसकेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img