काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको बैठकले विद्युतीय दुर्घटनाका कारण मृत्यु हुनेलाई १० लाख रुपैयाँसम्म राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काको अध्यक्षतामा बसेको प्राधिकरणको बैठकले यसबारे निर्णय गरेको हो ।
अहिलेसम्म विद्युतीय दुर्घटनामा परेर ज्यान गुमाउने कर्मचारीलाई ५ लाखसम्म राहत र परिवारलाई तीन तहको रोजगारीको व्यवस्था थियो ।
यसैगरी, समितिको बैठकले विद्युत् वितरण नियमावली, २०७८ मा भएको संशोधनलाई पनि स्वीकृत गरी विवादित विद्युत् महसुलमा पुनरावेदन गर्दा लाग्ने धरौटी २५ प्रतिशतबाट घटाएर ५ प्रतिशतमा मात्र कायम गर्ने निर्णय गरेको छ ।