Saturday, July 19, 2025
spot_img

शाक्यको श्वेतपत्रः ५ वर्षभित्र ४ खर्ब वैदेशिक ऋण लिँदै

spot_img

Share

spot_img

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणलाई आगामी ५ वर्षमा ६ खर्ब रुपैयाँ बजेट आवश्यक पर्ने भएको छ । उत्पादन, प्रसारण र वितरण प्रणाली विस्तार गर्न ५ वर्षमा निर्माणाधीन आयोजना सहित सो बजेट आवश्यक पर्ने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले तयार पारेको श्वेतपत्रमा उल्लेख भएअनुसार ५ वर्षमा ६ खर्ब रुपैयाँ बजेट आवश्यक हुने प्रक्षेपण गरिएकोमा करिब ४ खर्ब रुपैयाँ वैदेशिक स्रोतबाट जुटाइनेछ । यसैगरी, बाँकी २ खर्ब रुपैयाँ आन्तरिक स्रोतबाट जुटाइने लक्ष्य रहेको कार्यकारी निर्देशक शाक्यले जानकारी दिएका छन् ।

प्राधिकरणले आयोजनाको प्राथमिकीकरण गरी आवश्यक लगानी जुटाउन स्थानीय स्रोतको परिचालन गरिनुका साथै अन्तराष्ट्रिय वित्तीय संस्था जस्तैः एशियाली विकास बैंक, विश्व बैंक लगायतसँग सहकार्य गर्ने योजना छ ।

प्राधिकरणका अनुसार अहिले करिब २ खर्ब २० अर्ब रुपैयाँ बराबरका आयोजनाहरू निर्माणाधीन छन् । २ हजार १२९ सर्किट किलोमिटर लामो प्रसारण लाइन तथा ६ हजार ६६९ एम.भी.ए सबस्टेसन निर्माणाधीन रहेका छन् । निर्माणाधीन यी आयोजनाहरू सम्पन्न गर्न करिब ९२ अर्ब २८ करोडको दायित्वसहित वित्तीय व्यवस्था गर्न आवश्यक छ ।

यसैगरी, निर्माणाधीन भूमिगत वितरण लाइनतर्फ एच.टी केबुल १ हजार ३२० किलोमिटरमध्ये ४२९ किलोमिटर चार्ज भएको र एल.टी केवुल १ हजार ४१६ किलोमिटरमध्ये ५२८ किलोमिटर मात्र चार्ज भएको छ । निर्माणाधीन वितरण लाइन, सबस्टेसन तथा अन्य आयोजनाहरू सम्पन्न गर्न करिब ३० अर्ब ५५ करोड आवश्यक हुने प्राधिकरणले जानकारी दिएको छ । हाल निर्माणाधीन प्रसारण र वितरण संरचनाका लागि मात्र १ खर्ब २२ अर्ब वित्तीय व्यवस्था गर्ने पर्ने श्वेतपत्रमा उल्लेख छ ।

प्राधिकरणले आफै वा सहायक कम्पनीमार्फत ३ हजार ३१४ मेगावाटका जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । १०६३ मेगावाटको माथिल्लो अरुण, ८२८ मेगावाटको उत्तरगंगा, ६७० मेगावाटको दूधकोसी, ६८३ मेगावाटको सुनकोशी जलाशययुक्त तथा ७०.३७ मेगावाटको आंशिक जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माण गर्नेछ ।

यसैगरी, प्रसारण लाइनतर्फ राष्ट्रिय ग्रिड प्रणाली तथा अन्तराष्ट्रिय विद्युत् व्यापारलाई थप मजबुत बनाउन ४०० केभीको न्यू बुटवल–लमही, तिंगला–दूधकोसी–ढल्केबर, अरुण–इनरुवा, इनरुवा–न्यू पुर्णिया, लम्की(दोदोधरा)–बरेली निर्माण गर्नेछ भने २२० केभीको चमेलिया–जौलजीबी तथा चिलिमे हब–केरुङ अन्तरदेशीय प्रसारण लाइन लगायत अन्य भोल्टेज स्तरका प्रसारण लाइन निर्माण कार्य अगाडि बढाउने प्राधिकरणको योजना छ ।

मुख्य शहरहरूमा १०० के.भी.ए देखि माथिका वितरण ट्रान्सफर्मरहरूमा स्मार्ट मिटर जडान हुनेछ । साथै, स्यूचाटारमा निर्माण भएको डिस्ट्रीब्यूसन कन्ट्रोल सेन्टर (डीसीसी) मार्फत काठमाडौँ उपत्यकाको वितरण लाइनको २४सै घण्टा नियन्त्रण तथा अनुगमन गरिनेछ ।

यसैगरी, ऊर्जा सुरक्षाको लागि निकट भविष्यमानै ‘ब्याट्री इनर्जी स्टोरेज सिस्टम (बीइएसएस’ र पम्प स्टोरेज प्लान्टको निर्माण प्रक्रिया अघि बढाउने श्वेतपत्रमा उल्लेख छ । विश्वसनीय विद्युत् आपूर्तिका लागि वितरण फिडरहरूमा अटो रिक्लोजर र स्मार्ट लोड ब्रेक स्विज जडान कार्य आगामी वर्षमा सुरु हुनेछ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img