Sunday, January 18, 2026
spot_img

६ लाखमा नामी र ९ लाखमा सेरेस खरिद गर्न सकिने

spot_img

Share

spot_img

काठमाडाैँ । नेपालको प्रमुख इलेक्ट्रिक गाडी ब्रान्डहरू डोङफेङ र सेरेसले देशभर नै चासोका साथ हेरिएको ‘प्रि बजेट ब्याश’ अफर ल्याएका छन् । वैशाख २२ गतेसम्म ग्राहकहरूले स्टाइलिश नामी गाडी मात्र ५.९९ लाख रुपैयाँमा वा पावरफुल सेरेस ईभी केवल ८.९९ लाख रुपैयाँमा घर लैजान सक्ने कम्पनीले जनाएको छ ।

अफर अन्तर्गत ग्राहकहरूले नयाँ ईभी गाडी एक्सपिरियन्स गर्न, टेस्ट ड्राइभ गर्न र पुराना गाडी साटफेर गर्ने एक्सचेन्ज क्याम्पमा सहभागी हुन सक्नेछन् जसले विद्युतीय गाडीमा स्विच गर्न अझ सजिलो बनाउनेछ । नामीमा ग्राहकहरूले अधिकतम १ लाख रुपैयाँसम्मको विशेष लाभ पाउनेछन् भने सेरेसमा यो लाभ २ लाख रुपैयाँसम्म हुनेछ।

यो अनुभवलाई अझ रमाइलो बनाउन अफर अवधिभर टेस्ट ड्राइभ गर्ने हरेक व्यक्तिलाई विशेष उपहार दिइनेछ । त्यस्तै, गाडी बुकिङ गर्ने हरेक ग्राहकले दुई जनाका लागि रोमान्टिक नाइट स्टे प्याकेज जित्ने निश्चित मौका पाउनेछन् ।

यस अभियानमा दुईवटा रोचक लक्की ड्र पुरस्कार पनि रहेका छन् । गाडी बुकिङ गर्नेमध्ये एक भाग्यमानी जोडीले थाइल्याण्डको ट्रिप जित्नेछन् भने टेस्ट ड्राइभमा सहभागी हुने एकजना भाग्यमानीले बहुप्रतीक्षित आइफोन सिक्सटिन प्रो-म्याक्स पाउनेछन् ।

सबै सम्भावित ग्राहकहरूलाई यस अफर र परिवर्तनको हिस्सा बन्न बैशाख १८ गतेदेखि २२ गतेसम्म आफ्नो नजिकको नामी वा सेरेस शोरूममा भ्रमण गर्न आमन्त्रित गरिएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img