Saturday, July 19, 2025
spot_img

हिमालयन मोट्रक्सले भित्र्यायो लक्जरी इलेक्ट्रीक पीकअप ‘एटेरन–९’

spot_img

Share

spot_img

काठमाडाैँ । हिमालयन मोट्रक्स प्रा.लि.ले म्याक्सस ब्राण्डको इलेक्ट्रीक पीकअप नेपाल भित्र्याएको छ । कम्पनीले लग्जरी र प्रिमियम भेरियन्टमा ‘एटेरेन–९’ पीकअप ईभी नेपाल ल्याएको हो ।

डब्लूएलटीपीले प्रमाणित गरे अनुसार १०२ किलोवाट आवर क्षमताको ब्याट्री भएको यस पीकअपले एकपटकको फुल चार्जमा ४३० किलोमिटरसम्म रेन्ज दिनेछ । म्याक्ससको एटेरन–९ मा २६० एमएम ग्राउण्ड क्लियरेन्स छ । पीकअपमा एयर सस्पेन्सन भएकाे याे इभी सिटी एरियामा चलाउँदा २३० एमएम ग्राउण्ड क्लियरेन्स राखेर पनि चलाउन सकिने छ ।

अटोमेटिक एयर कण्डिसन, हिटेड स्टेरिङ ह्वील, इलेक्ट्रीक एड्जस्टेबल फ्रन्ट सिट, लेदरेट सिट कभर, हिटेड र भेन्टीलेटेड फ्रन्ट एण्ड रियर सिट, मसाज ड्राइभिङ जस्ता विशेषता भएको यो गाडीमा पानारोमिक सनरुफ लगायतका फिचर्स पनि छन् ।

फोर ह्वील ड्राइभ अप्सनमा आएको यस पीकअपको अगाडि र रियरमा ३२५ किलोवाटकाे माेटर रहेको छ । फ्रन्ट तथा रियर पार्किङ सेन्सर, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, फर्वाड कोलुजन वार्निङ, लेन डिपार्चर वार्निङ, रियर क्रस ट्राफिक अलर्ट, ७ वटा एयरब्याग, जस्ता फिचर्सले भरिपूर्ण यस एटेरन–९ ले युरो एनक्याप क्रयास टेक्टमा ५ स्टार रेटिङ पाएको छ ।

कम्पनीले २ लाख किलोमिटर र ८ वर्षको वारेन्टी दिएको छ । सामान्यतया, १ लाख ५० हजार किलोमिटरको मात्रै वारेन्टी दिइने गरिएपनि हिमालयन मोट्रक्सले भने २ लाख किलोमिटरको वारेन्टी दिएको छ । साथै, मोटरमा पनि ५ वर्ष वा १ लाख २० हजार किलोमिटरको वारेन्टी दिइएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img