Thursday, February 19, 2026
spot_img

अरुण भ्यालीको २९.५० मेगावाटका दुई आयोजना पीपीएको चरणमा

spot_img

Share

spot_img

काठमाडौँ । अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले अघि बढाएको २९.५० मेगावाटका जलविद्युत् आयोजना विद्युत् खरिद सम्झौता (पीपीए) को चरणमा छ । कम्पनीले विद्युत् विकास विभागबाट उत्पादन अनुमति लिई पीपीएका लागि नेपाल विद्युत् प्राधिकरणमा आवेदन दिएको छ ।

कम्पनीले १५ मेगावाटको माथिल्लो काबेली–२ जलविद्युत् आयोजना र १४.५० मेगावाटको बुदुमखोला जलविद्युत् आयोजनाको पीपीएका लागि प्राधिकरणमा आवेदन दिएको जानकारी दिएको छ ।

कम्पनीले यसअघि ९.९४ मेगााटको काबेली बी–१ क्यासकेड र ३ मेगावाटको पिलुवा खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी सञ्चालन गरिरहेको छ । आयोजनाबाट सम्तोषजनकरूपमा विद्युत् उत्पादन भइरहेको कम्पनीले जानकारी दिएको छ ।

चालु आर्थिक वर्ष (आव) २०८१/८२ को तेस्रो त्रैमासिकसम्म विद्युत् बिक्रीबाट १९ करोड ७४ लाख ३१ हजार ६०५ रुपैयाँ आम्दानी गरेको कम्पनीले जानकारी दिएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img