Friday, September 4, 2026
spot_img

विकास हाइड्रोकाे प्रभावित र वैदेशिक रोजगारमा रहेकालाई आईपीओ खुला

spot_img

Share

spot_img

काठमाडाैँ । विकास हाइड्रो पावर कम्पनीले जेठ ६ गतेदेखि प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकाहरूलाई आईपीओमा आवेदन खुलाएको छ । कम्पनीका अनुसार आयाेजना प्रभावितका लागि ९ लाख ९ हजार १०१ कित्ता र वैदेशिक रोजगारमा रहेकालाई ३ लाख ५४ हजार ५५० कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले जारी पूँजीको ४९ प्रतिशत अर्थात् ४४ लाख ५४ हजार ५९६ कित्ता सेयर सर्वसाधारण समूहको निष्कासन गर्दैछ । इच्छुकले न्यूनतम १० र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने बिक्री प्रवन्धक प्रभु क्यापिटलले जनाएको छ ।

प्रभावितले छिटोमा जेठ २० गतेसम्म र सो अवधिमा सबै सेयर बिक्री नभएमा ढिलोमा असार ४ गतेसम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारमा रहेकाले अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सक्नेछन् । उनीहरुले जेठ २० गतेसम्म आवेदन दिनुपर्नेछ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img