Wednesday, November 19, 2025
spot_img

नेपाल–भारत विद्युत् व्यापार: अवसर र भोलिको तयारी

spot_img

Share

spot_img

२०८२ साल जेठ ११ गते भारतको उर्जा विनिमय बजार (IEX ) को रियल टाईम बजारमा बिजुलीको भाउ दिउँसोको समयमा प्रतिमेगावाट घण्टा सरदर ७२ पैसा भारतीय रुपैया अर्थात् प्रति युनिट नेपाली मुद्रामा १ पैसा भन्दा घटीमा झर्यो । यो अहिले सम्मकै सबैभन्दा सस्तो दर हो । यो अवसरलाई सदुपयोग गर्दै यस दिन प्राधिकरणले ३८४० मेगावाट घण्टा बिजुली खरिद गर्यो । सोही दिन बेलुका प्राधिकरणले भारतलाई भारतीय रुपैया ६/६० मा ५२७.५ मेगावाट घण्टा बिजुली निर्यात गर्यो ।

गत हप्ताको तथ्याङ्क (जेठ ३ देखि १० गते) अनुसार, नेपालले २७,६४५.९४७ MWh ऊर्जा औसत ३.३७ नेपाली रुपैयाँमा आयात गरेको छ भने ८,४१७.५२५ MWh ऊर्जा औसत ५.१५ नेपाली रुपैयाँमा निर्यात गरेको छ । यसले स्पष्ट देखाउँछ कि नेपालले रणनीतिक रूपमा ऊर्जाको व्यापार गरी आयातभन्दा उच्च दरमा निर्यात गर्न सफल भएको छ । यस उपलब्धिको प्रमुख कारण भनेको प्राधिकरणसंग भएका केही जलासय र अर्धजलासय  जलविद्युत आयोजनाहरू थिए ।

दिउँसोको समय अर्थात् सोलार आवरको समयमा आयातको दर सस्तो हुँदा विद्युत आयात गरि प्राधिकरणसंग उपलब्ध भएका जलासय र अर्धजलासय जलविद्युत आयोजनाहरुमा पानी  भरिएको थियो र ती आयोजनालाई गैर-सौर्य (Non Solar hour)  वा उच्च माग हुने समयमा प्रयोग गरिएको थियो । जसले निर्यात मूल्य उच्च राख्न सहयोग गर्यो।

भारतले सन् २०३० सम्म करिब ५ लाख मेगावाटको सौर्य तथा बायु उर्जाको उत्पादन लक्ष राखेको छ र सो मा द्रुत गतिमा प्रगति गरिराखेको छ । भारतमा बढ्दो सौर्य तथा बायु उर्जाको उत्पादन संगै नेपालसामु ठुलो अवसर हुन सक्छ । त्यसको लागि पम्प स्टोरेज परियोजना (PSP) र ब्याट्री ऊर्जा भण्डारण प्रणाली (BESS) प्रभावकारी समाधान हुन सक्छन् ।

दिउँसोको समयमा बिजुली सस्तो हुँदा आयात गरि जलासय र अर्धजलासय जलविद्युत आयोजनाहरुमा पानी भर्ने तथा ब्याट्री ऊर्जा भण्डारण प्रणाली (BESS) मा ब्याट्री चार्ज गर्ने र बेलुका उच्चतम माग भएको समयमा आन्तरिक आपूर्ति गर्ने र बढी भएको बिजुली उच्च दरमा निर्यात समेत गर्ने याेजना छ ।

नेपालमा केही PSP आयोजना अध्ययन चरणमा छन् भने BESS जस्तो प्रविधिमा पनि खोज र प्रयोग आवश्यक देखिन्छ। तसर्थ नेपालको विद्युत प्रणालीमा पम्प स्टोरेज परियोजना (PSP) र ब्याट्री ऊर्जा भण्डारण प्रणाली (BESS) को टड्कारो आवस्यकता देखिएको छ । सही योजना, प्रविधि समायोजन र दिगो सोचले नेपाल विद्युत् व्यापारको माध्यमबाट मात्र नभई ऊर्जा सुरक्षामा पनि आत्मनिर्भर बन्न सक्छ ।

नेपाल विद्युत प्राधिकरणले भारतीय उर्जा विनिमय बजार (Indian Energy Exchange ) को डे अ हेड उर्जा बजारमा पहिलो पटक सन् २०२१ को मे महिना र रियल टाईम बजारमा सन् २०२३ को अक्टोबर महिना देखि सहभागिता जनाउदै आएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img