काठमाडाैँ । चिनियाँ ईभी निर्माता कम्पनी बीवाईडी २०२५ फर्च्युन ग्लोबल ५०० लिस्टमा पहिलो पटक टप १०० भित्रकाे सूचीमा परेकाे छ । फर्च्युन ग्लोबल ५०० अन्तर्गत बीवाईडी ९१ नम्बरमा रहेकाे हाे ।
गत वर्ष बीवाईडी यो सूचीको १४३ नम्बरमा परेकाे थियाे । सन् २०२४ मा बीवाईडीले ४२ लाख ७० हजार न्यु इनर्जी भेइकल अर्थात एनईभी बिक्री गरेर नयाँ रेकर्ड कायम गरेको थियाे । हाल विश्वका ११२ देशमा बीवाईडीका सवारी साधन बिक्री हुने गरेका छन् ।
नेपालमा समेत बीवाईडीका सवारी साधन उपलब्ध छन् । साइमेक्स इंकले बीवाईडीका सवारी साधन बिक्री–वितरण गरिरहेको छ ।








