Tuesday, February 17, 2026
spot_img

नाइमा नेपाल मोबिलिटी एक्स्पो सुरु, ३५ बढी गाडी सार्वजनिक

spot_img

Share

spot_img

काठमाडाैँ । नेपाल अटोमोबाइल इमपोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) द्वारा आयोजित “नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५” आजबाट सुरु भएको छ। काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा एक्स्पाे सुरु भएकाे हाे ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरेकाे एक्स्पाेमा साउन २५ गतेसम्म चल्नेछ । एक्स्पाेमा ५० भन्दा बढी ब्राण्डको सहभागिता रहेको छ । जस मध्ये ३५ वटा भन्दा बढी गाडी आज नै सार्वजनिक गरिँदै छ ।

अर्थमन्त्री पौडेलले एक्सपो उदघाटन गर्दै अटोमोबाइल क्षेत्रमा नेपालले प्रगति गरिरहेको महसुस भएको बताए । उनले राजस्व माथि दवाव हुँदाहुँदै पनि नीतिगत स्थिरतालाई ध्यानमा राखी बजेटमा करको दर नबढाएको बताए । उनले गुणस्तरीय सडक विना अटोमोबाइल क्षेत्रको विकास हुन नसक्ने हुँदा सरकारले यसलाई महत्व दिएको र त्यसतर्फ कार्य गरिरहेको बताए ।

नाइमाका अध्यक्ष रितुसिंह वैद्यले अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरेको अटोमोबाइल क्षेत्रको नीतिगत स्थिरताका लागि पहल गर्ने उद्देश्यका साथ नाइमा गठन भएको जानकारी दिदै ४.७ प्रतिशत रोजगारी सिर्जना गर्नमा महत्वपूर्ण भूमिका खेलेको अटोमोबाइल क्षेत्रको योगदानलाई सबैले स्मरण गर्नुपर्ने बताइन् ।

एक्स्पाेमा विभिन्न ब्रान्डका विद्युतीय सवारी (ईभी) हरू मुख्य आकर्षण बन्ने बताइएको छ । विभिन्न ईभी ब्रान्डले नाइमा एक्सपोका लागि नयाँ मोडल भित्र्याइसकेका छन् । प्रदर्शनीमा १५ वटा दुई पाङ्ग्रे, १५ वटा चार पाङ्ग्रे र ५ वटा कमर्सियल गाडीहरु सार्बजनिक हुने नाइमाले जानकारी गराएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img