Monday, March 9, 2026
spot_img

प्राधिकरणबाट कार्यकाल पूरा नभई पदबाट हटाउने सरकारकाे निर्णय विरुद्ध हितेन्द्र पुगे सर्वोच्च अदालत

spot_img

Share

spot_img

काठमाडाैँ ।  नेपाल विद्युत् प्राधिकरणबाट निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सर्वाेच्च अदालत पुगेका छन् । कार्यकाल पूरा नगरी पदबाट हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् ।

उनले नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई अन्तरिम आदेश माग गर्दै सोमबार रिट दायर गरेका हुन् । २०८१ चैत ११ गते ४ वर्षे कार्यकालका लागि कार्यकारी निर्देशक नियुक्त भएका शाक्यलाई सुशीला कार्की नेतृत्वको सरकारले २०८२ असोज ५ गते नै पदबाट हटाई जल तथा ऊर्जा आयोगको सचिवालयमा सरुवा गरेको थियो ।

सरकारको उक्त निर्णयबाट आफू अन्यायमा परेको भन्दै शाक्य अदालत गरेका हुन् । शाक्यको मुद्दामा अदालतले छलफलका लागि मंगलबार दुवै पक्षलाई बोलाएको छ । त्यसपछि मात्रै अदालतले मुद्दाको सुनुवाइका लागि पेशी तोक्ने जनाइएको छ ।

यसअघि पनि २०७७ साल माघ २६ गते प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका शाक्यलाई  २०७८ साउन २५ गते पदबाट हटाएको थियो । त्यस निर्णयविरुद्ध समेत सर्वोच्च अदालतमा रिट दायर गरेका शाक्यको मुद्दामा ३२ पटक पेशी सरेपछि आदालतले कुनै फैसला दिएको थिएन । फैसला नै नपाई उनको ४ वर्षे कार्यकाल सकिएको भएपनि केपी ओली नेतृत्वको सरकारले तत्कालीन ऊर्जा मन्त्री दीपक खड्काको जोडबलमा यसअघि कुलमान घिसिङको कार्यकाल सकिने बेला उनलाई हटाएर शाक्यलाइ नियुक्त गरेको थियो ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img