Friday, September 4, 2026
spot_img

सौर्य तापीय मार्गचित्रले २०२५ सम्म १,३८३ मेगावाट थर्मल प्लान्ट स्थापना गर्ने लक्ष्य

spot_img

Share

spot_img


काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एईपीसी) र एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड)ले संयुक्त रूपमा तयार पारेको ‘सौर्य तापीय मार्गचित्र तथा कार्यान्वयन योजना, २०८२’ ले सन् १३८३ मेगावाट बराबरको सौर्य तापीय प्लान्ट स्थापना गर्ने लक्ष्य राखेको छ ।

मार्गचित्रले सन् २०२५ सम्ममा देशभर १,३५४ मेगावाट घरायसी प्रयोगका लागि र २९ मेगावाट औद्योगिक प्रयोजनका लागि बराबरका सौर्य तापीय प्लान्ट स्थापना गर्ने लक्ष्य लिएको हो ।

मार्गचित्रले सौर्य तापीय प्रविधिलाई दिगो, वातावरणमैत्री र वैकल्पिक ऊर्जाको प्रभावकारी स्रोतका रूपमा विस्तार गर्ने उद्देश्य राखेको छ । यसले खाना पकाउने, तातो पानी तताउने, तथा औद्योगिक प्रक्रियामा ताप ऊर्जा आपूर्तिलाई स्वदेशी स्रोतबाट पुरा गर्ने दिशामा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

एईपीसीका अनुसार मार्गचित्र कार्यान्वयनका क्रममा प्रविधि विकास, वित्तीय संयन्त्र सुदृढीकरण, नीति तथा संस्थागत समन्वय, र जनचेतना अभिवृद्धिमा विशेष प्राथमिकता दिइनेछ । यसले एलपी ग्यास तथा जीवाश्म इन्धनमा निर्भरता घटाउँदै कार्बन उत्सर्जन न्यूनीकरणमा टेवा पुर्याउने बताइएको छ ।

सौर्य तापीय मार्गचित्रको कार्यान्वयनले ग्रामीण तथा शहरी दुवै क्षेत्रमा स्वच्छ ऊर्जाको पहुँच विस्तार गर्ने र नेपाललाई ऊर्जा स्वावलम्बी देश बनाउने लक्ष्य अघि सारिएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img