Tuesday, August 11, 2026
spot_img

चिलिमे हाइड्रो पावरले साढे १९ अर्ब लगानीमा सेती नदी-३ बनाउँदै

spot_img

Share

spot_img

काठमाडाैँ । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो सहायक कम्पनी मार्फत सुदुरपश्चिम प्रदेशमा ८७ मेगावाटको सेती नदी–३ अर्धजलासय आयोजना बनाउन लागेको छ ।

आयोजनाको काम अघि बढाउन चिलिमेले विद्युत उत्पादन इजाजतपत्र (लाइसेन्स) सहायक कम्पनी चिलिमे सेती हाइड्रोपावर कम्पनी लिमिटेडलाई हस्तान्तरण गर्ने भएको छ । चिलिमेको यही पुस ३० मा बस्ने २९ औं वार्षिक साधारणसभामा विशेष प्रस्ताव पेश गर्ने भएको छ । सभाबाट पारित भएपछि लाइसेन्स चिलिमे सेतीलाई हस्तान्तरण हुनेछ ।

अर्धजलाशय सेती नदी–३ बनाउन १९ अर्ब ६६ करोड ६१ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आयोजनाबाट वार्षिक सरदर ४८ करोड २५ लाख युनिट विद्युत उत्पादन हुने अध्ययनले देखाएको छ ।

आयोजनाबाट आउँदो पाँच वर्ष अर्थात सन् २०२८ मे १० मा बिजुली उत्पादन गर्ने लक्ष्य तय गरिएको छ । आयोजनाको १ घण्टा पिकिङ समय रहने छ। आयोजनाको डिजाइन बहाव प्रतिसेकेन्ड ८४.६० घनमिटर रहेको छ भने कूल हेड १२४ मिटर हुनेछ । आयोजनाको भौतिक संरचना जयपृथ्वी नगरपालिकाको सेती नदीको बायाँ किनारमा रहने प्रस्ताव गरिएको छ ।

आयोजनाको बाँधको लम्बाइ ६७ मिटर र उचाइ १६ मिटर हनेछ । विद्युुतगृहमा २९ मेगावाट क्षमताका तीनवटा जेनेरेटर जडान हुने भएको छ ।

आयोजनाबाट उत्पादन हुने बिजुली १२ किलोमिटर लामो १३२ केभी प्रसारण लाइनमाफर्त बझाङ सबस्टेशन कैलाशमा जोडिनेछ । आयोजनाबाट बझाङको जयपृथ्वीका साथै खप्तछान्ना गाउँपालिका, मष्टा गाउँपालिका, छविसपाथिमेर गाउँपालिका र थलारा गाउँपालिका प्रभावित हुने चिलिमेले जनाएको छ ।

चिलिमे हाइड्रोपावरले सहायक कम्पनीहरुमार्फत चार जलविद्युत आयोजना अघि बढाएको छ। चिलिमेले ८७ मेगावाटको सेती नदी–३ अर्धजलासय, ८१ मेगावाटको बुढीगण्डकी प्रोक, ९१ मेगावाटको बुढी गण्डकी र ४५ मेगावाटको स्यारखालो आयोजना अघि बढाएको हो ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img