Friday, July 17, 2026
spot_img

उत्पादन अनुमति माग्दै १०३४० मेगावाटका आयाेजनाले दिए आवेदन

spot_img

Share

spot_img

काठमाडाैँ । देशभरका अध्ययन पूरा भएका जलविद्युत् आयोजनाले एकपछि अर्को गर्दै उत्पादन अनुमतिका लागि अग्रसर भएका छन् । विद्युत् विकास विभागमा हालसम्म ५९ जलविद्युत् आयोजनाले संयुक्त रूपमा १०,३४०.४६ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्न अनुमति माग गर्दै आवेदन दिएका छन् ।

ऊर्जा क्षेत्रमा बढ्दो लगानी र परियोजना तयारीको गतिले नेपालको विद्युत् उत्पादन क्षमता विस्तारतर्फ आशा जगाएको विभागको मूल्याङ्कन छ । यीमध्ये ठूलो क्षमताका आयोजनाहरूको भाग बढि रहेको विभागकाे तथ्यांक छ ।

उत्पादन अनुमति पाउनुअघि पूरा गर्नुपर्ने विस्तृत अध्ययन, वातावरणीय मूल्याङ्कन र प्राविधिक तयारी सकिएपछि मात्रै आवेदन दर्ता हुने भएकाले यसलाई परियोजनाहरू कार्यान्वयन चरणतर्फ उन्मुख भएको संकेतका रूपमा लिइएको छ । अध्ययनदेखि अनुमति प्रक्रियासम्म पुग्दा समय र लगानी दुबै खपत हुने भएकाले निजी तथा सरकारी दुवै पक्षको प्रतिबद्धता स्पष्ट भएको देखिन्छ ।

१०६३ मेगावाटकाे माथिल्लाे अरुण, ३०६ मेगावाटकाे माथिल्लाे मुगु कर्णाली, ३२५ मेगावाटकाे माथिल्लाे भेरी, ६०० मेगावाटकाे दुधकाेशी जलाशय, १९०२ मेगावाटकाे मुगु कर्णाली, ३३५ मेगावाटकाे हुल्ला कर्णाली २, ४१७ मेगावाटकाे नलस्याउ गाड, ४५४ मेगावाटकाे किमाथान्का, ४८० मेगावाटकाे फुकाेट कर्णाली, ८२८ मेगावाटकाे उत्तरगंगा, ६०० मेगावाटकाे माथिल्लाे मर्स्याङ्दी २ लगायतका जलविद्युत परियाेजनाले उत्पादन अनुमतिका लागि विभागमा आवेदन दिएका छन् ।

विद्युत् विकास विभागका अनुसार अध्ययन पूरा भई उत्पादन अनुमतिका लागि आएका ५९ आयोजनामध्ये धेरैले आवश्यक पूर्वाधार र प्राविधिक डिजाइन तयारी लगभग टुंग्याइसकेका छन् । अनुमति प्रदान प्रक्रिया पूर्ण भएपछि निर्माण अघि बढ्नेछ र क्रमशः राष्ट्रिय ग्रिडमा नयाँ क्षमता थपिँदै जाने विभागको अपेक्षा छ । ऊर्जा सुरक्षासँगै आर्थिक गतिविधि, औद्योगिकीकरण र स्थानीय विकासमा यी परियोजनाले सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img