Tuesday, July 28, 2026
spot_img

बंगलादेशमा विद्युत् निर्यात गरेर ९४ लाख डलर आम्दानी

spot_img

Share

spot_img

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले यो बर्ष बंगलादेशमा ४० मेगावाट विद्युत् बिक्री गरेर ९४ लाख डलर रूपियाँ आम्दानी गरेको देखिएको छ । प्राधिकरणबाट प्राप्त तथ्यांकले पाँच महिना ४० मेगावाट विद्युत् निर्यात गर्दा ९४ लाख ३६ हजार डलर आम्दानी भएको देखाएको हो । 

नेपालबाट भारतीय प्रशारण लाइन हुँदै बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्न २०८१ असोज १७ गते त्रिपक्षीय सम्झौता भएको थियो । नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतको एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन) बीच त्रिपक्षीय रुपमा भएको सम्झौताको अवधि पाँच बर्षको रहेको छ । 

त्यसअन्तर्गत हरेक बर्ष जुन १५ देखि नोभेम्बर १५ तारिख (असारदेखि कात्तिक) सम्म विद्युत् निर्यात गर्ने सम्झौता छ। विद्युत् बिक्री गरेबापत नेपालले प्रतियुनिट ६.४० सेन्ट पाउने छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img