Monday, June 8, 2026
spot_img

ओखरपौवा–तिनपिप्ले प्रसारण लाइन: स्थानीयसँग प्रत्यक्ष संवादको तयारी

spot_img

Share

spot_img

काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणले ओखरपौवा–तिनपिप्ले २२० केभी प्रसारण लाइन आयोजनाले प्रभावित हुने क्षेत्रका समुदायसँग प्रत्यक्ष छलफल गर्ने तयारी गरेको छ । आयोजनासम्बन्धी प्रारम्भिक पर्यावरणीय परीक्षण (आईईई) प्रतिवेदनको मसौदा सार्वजनिक गर्दै प्राधिकरणले पुस २१ गते सूचना प्रकाशित गरी सरोकारवालालाई सुनुवाइमा सहभागी हुन आह्वान गरेको हो ।

प्राधिकरणका अनुसार त्रिशूली ३ हब–मातातीर्थ २२० केभी प्रसारण लाइनको टावर नम्बर ३७/२ बाट ‘ट्यापिङ’ गरी तिनपिप्ले सबस्टेसनसम्म नयाँ लाइन जोडिनेछ । यसले काठमाडौँ तारकेश्वर नगरपालिका–३ (कोट गाउँ), नुवाकोटको ककनी गाउँपालिका–१ र धादिङको धुनिवेसी नगरपालिका–१ क्षेत्रमा प्रत्यक्ष प्रभाव पर्न सक्ने अनुमान गरिएको छ ।

आईईई मस्याैदामा प्रसारण लाइन र सबस्टेसन निर्माणले भौतिक, रासायनिक, जैविक वातावरणसँगै सामाजिक–आर्थिक र सांस्कृतिक पक्षमा पर्न सक्ने सम्भावित असर समेटिएको प्राधिकरणले जनाएको छ । यही आधारमा स्थानीयको सुझाव–चिन्तालाई प्राथमिकतामा राख्दै सार्वजनिक सुनुवाइ तय गरिएको हो ।

पहिलो सुनुवाइ पुस २८ गते बिहान ११ बजे तारकेश्वर–३, कोट गाउँस्थित प्रस्तावित तिनपिप्ले सबस्टेसन नजिकको चौतारोमा, र दोस्रो सुनुवाइ पुस २९ गते बिहान ११ बजे धुनिवेसी–१, सुंखडा गाउँको सवेश्वर मन्दिर परिसरमा हुनेछ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img