Tuesday, August 25, 2026
spot_img

मर्स्याङ्दी बेसी निर्माणमा राजनीतिक दलहरूको सहमति

spot_img

Share

spot_img

काठमाडाैँ । लमजुङ जिल्लाका सबै राजनीतिक दलहरू ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना निर्माणमा सहमत भएका छन् । यसअघि बेँसीसहरको सौन्दर्य र वातावरणमा नकारात्मक असर पर्ने भन्दै विरोध हुँदै आएको थियो । तर कम्पनीले आयोजना डिजाइन र स्थानमा सुधार गर्ने प्रतिबद्धता जनाएपछि अवरोध हटेको हो ।

दिव्य ज्योति हाइड्रो पावर लिमिटेडले निर्माण गर्न लागेको यो आयोजना नदीमा प्रवाह आधारित प्रकृतिको परियाेजना हाे । नयाँ डिजाइनअनुसार सुरुङको सट्टा पेनस्टक पाइप प्रयोग गरिनेछ भने बाँध मर्स्याङ्दी गाउँपालिका–९ मा र विद्युत गृह बेँसीसहर–१० मा निर्माण हुनेछ ।

कम्पनीले वातावरण, संस्कृति तथा पुरातात्विक सम्पदामा नकारात्मक असर नपर्ने गरी आयोजना अघि बढाइने, स्थानीयलाई रोजगारी र विकासमा प्राथमिकता दिने तथा वार्षिक रोयल्टीमार्फत स्थानीय तहलाई आर्थिक लाभ पुग्ने जनाएको छ । साथै स्थानीयका लागि सेयर निष्काशन गर्ने योजना पनि रहेको छ ।

यस परियाेजनाकाे  इलेक्ट्रो–मेकानिकल उपकरण आपूर्ति तथा जडान कार्यकाे जिम्मेवारी ट्रोयर एजी, इटाली (Troyer AG, Italy) लाई दिइएको छ । करिब १० अर्ब रुपैयाँ (१००० करोड रुपैयाँ) लागत अनुमान गरिएको आयोजनामा ३० प्रतिशत इक्विटी लगानी प्रवर्द्धक समूहबाट र ७० प्रतिशत ऋण लगानी बैंकहरूबाट जुटाइनेछ । आयोजना साढे दुईभित्र व्यावसायिक उत्पादनमा आउने लक्ष्य राखिएको छ।

आयोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणको उदिपुर सबस्टेशनमा जोडिनेछ, जसले राष्ट्रिय प्रसारण प्रणालीमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यस परियाेजनामा अपि पावर कम्पनी लिमिटेडको ५१ प्रतिशतभन्दा बढी लगानी रहनेछ । यसअघि, अपि पावर कम्पनी लिमिटेडले दिव्य ज्योति हाइड्रो पावर लिमिटेडका सम्पूर्ण सेयर खरिद गर्ने निर्णय गरेको थियो । आर्थिक तथा प्राविधिक मूल्यांकनपछि उपयुक्त देखिएपछि उक्त कम्पनीको स्वामित्व तथा व्यवस्थापन अब अपि पावर कम्पनी लिमिटेडको बहुमत स्वामित्वमा रहनेछ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img