काठमाडाैँ । सरकारले ४ वटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न अनुमति दिएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले बैठकपछि जानकारी दिँदै सुतिखोला जलविद्युत् आयोजना, तामाकोशी–५ जलविद्युत् आयोजना, माथिल्लो संखुवासभा जलविद्युत् आयोजना र सेती खोला जलविद्युत् आयोजनालाई वन क्षेत्र प्रयोग गर्न स्वीकृति प्रदान गरिएको बताए ।
ऊर्जा उत्पादन विस्तार र जलविद्युत् आयोजनाको कार्यान्वयनलाई सहज बनाउने उद्देश्यले सरकारले यस्तो निर्णय गरेको जनाइएको छ ।








